२१ औं जनयुद्ध दिवस र क्रान्तिको थालनी – बिरोचन शर्मा

२०७२ फाल्गुन १ गते, शनिबार

नेपाली धर्तिमा जनयुद्ध वा वर्गसंघर्षको थालनी २०५२ साल फाल्गुन १ गते भएको थियो । पुरानो समान्ती राजतन्त्रले जरा गाडेको अवस्थामा देशलाई एकतन्त्रीय निरंकुश ब्यवस्थाले थिलोथिलो पारेको थियो अझ सामन्ती राजतन्त्रको जुठोपुरो खाएर बचेका कांग्रेस एमाले र राप्रपाहरू नेपाली जनतालाई अन्याय अत्याचार थोपरिरहेका थिए । नेपाली समाजमा जबर्जस्ति छुवाछूत थिचोमिचो र हुकुमी शासन लादिएको थियो । त्यही अन्यायका विरुद्ध जनयुद्धको शुरूवात गरिएको थियोे । सामन्ती राजतन्त्रका नाइकेहरूका विरुद्ध माओवादी जनयुद्धको पहिलो कार्वाही रुकुमको राडीज्युला प्रहरी चौकी गोर्खाको च्याङली स्थित साना किसान बैक र सिन्धुलिको सिन्धुलिगढी प्रहरी चौकी कार्वाहि र हजारौं जाली फटाह सुदखोरहरूले गरेको जाली तमासुक जलाइयो, कयौं सेवोटेजहरू गरिएको थियो । जनयुद्धको उचाई माथी उठदै गयो भने जालिफटाहाको भागाभाग भएको थियो । माओवादी छापामारहरूले धमाधम पुलिस चौकी कब्जा गर्दै विजय हासिल गरिरहेको थियो भने उता पुरानो सामन्ती सत्ता धर्मराई रहेको थियो । सोझा सिधा जनतालाई माओवादीको आरोपमा कांग्रेस एमालेहरूले कुरुर हत्या हिंसा गिरफ्तार धरपकड गरि आतंकित परिरहेका थिए । महिला दिदिबहिनीहरूको अस्मिता लुटिएको थियो । त्यो बर्बरताका विरुद्ध माओवादी जनयुद्ध अझ धेरै चम्किदै दुश्मनको क्याम्पमा धावा बोल्दै दुश्मनलाई खरानी पार्दै सगरमाथाको शिखरमा रातो झण्डा फहराउने दृढ संकल्प गर्दै हजारौं अवरोध चिर्दै आधी तुफान बनेर कडा प्रतिरोध गरि आधार ईलाका जनसत्ता जन अदालत गठन गरि प्रतिक्रियावादी सत्ताको विरुद्ध समान्तर शक्ति बनेर काम गरि रहेको थियो । १ माओवादी जनयुद्धको फौज रणनीति अनुसार रणनीतिक रक्षा रणनीतिक सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रणको चरण सम्म आईपुग्दा माओवादी आन्दोलन त्यसको सैन्य शक्ति जनमुक्ति सेनाले शाही सेनाका व्यारेकहरू एक पछि अर्काे गर्दै कब्जा गरेको थियो । कथित पुरानो सत्ता कमजोर हुँदै आत्मरक्षाको नजिक पुग्यो भने माओवादी सेनाले दाङ कार्वाही देखि अछाम अर्घाखाँची जुम्ला स्याङ्जा सोलुखुम्बु म्यादी बेनि पाल्पा सर्लाही सिन्धुपाल्चोकसम्म आउदा अपराजय शक्ति आर्जन फरि शाही सेनालाई काडेतार भित्र कैद गरेको अवस्था थियो । त्यो अवस्थामा ज्ञानेन्द्रको शाही कदमपछि संसदवादी दल र तीनका नेतालाई नजरबन्द गरि आफ्नो शासन चलाएको थियो । सात दलका नेता अझ बिशेश गरि कांग्रेस एमालेहरू माओवादी खोज्दै रोल्पा रुकुम पुगे । अनि हामीलाई बचाउनु प¥यो भन्दै माओवादीलाई विन्ती गरेका थिए । त्यही भेटा अनुसार बाह्र बुदे समझदारी हुँदै ६२र६३ को जनआन्दोलन भयो । माओवादीको सहयोग र बलमा अनि निरंकुश राजतन्त्रको दुई सय वर्ष पुरानो राजतन्त्र समाप्त हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापन भयो । महान् सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई खासमा संस्थागत गर्न सकिएन सात दल र माओवादीको वार्ता पछि संविधानसभाको निर्वाचन सेना समायोजन हुँदै अगाडि बढने सहमति भयो । शान्ति स्थापनार्थ बिस्तृत शान्ती सम्झौता गरियो । माओवादी मुल नेतृत्वको विचलन आत्मासमपर्ण धोका गद्दारिका कारण जनयुद्धबाट प्राप्त उपलब्धि समाप्त पारिए । हजारौं सहिदको रगतको अपमान गरियो । आफ्नो जनमुक्ति सेनालाई शाही सेना लगाएर रातारात कब्जा गरि हतियार बुझाउने काम लाल गद्दार प्रचण्ड बाबुरामबाट भयो । जनयुद्धको अन्त्य जनसरकार विघटन जन अदालत खारेज र आधार ईलाका ध्वस्त गरियो । सर्वहारावर्गको अधिकार दिलाउने आदर्श केबल कोरा भाषण मात्र गरियो । आम युद्धकालिन कार्यकर्ताको विचल्ली पारेर केबल आपूm पद पैसा र कुर्सीमा रमाउदै नव सामन्ती बन्ने खेल प्रचण्ड बाबुरामबाट भयो । जनयुद्ध अलपत्र पार्दै संसदीय व्यवस्थामा रमाउने काम भयो । १ हिजो लेनिनले भन्नुभएको थियो संसद भनेको खसीको टाउको झुण्डएर कुकुरको मासु बेच्ने पसल हो भन्ने प्रचण्ड आज त्यही बुर्जुवा संसदीय व्यवस्था मन पराउनु उनको क्रान्तिकारीको नाउँमा कथित दक्षिणपन्थी संशोधनवाद तिर फसेकाले उनी खास क्रान्तिकारी नभएर असली संशोधनवादी भएको कुरा प्रष्ट हुन्छ ।
आज क्रान्तिकारी आन्दोलन विसर्जन गरि दलाल संसदीय व्यवस्था मान्नु भनेको प्रतिक्रान्ती हो । माओवादी आन्दोलन खरिपाटी बैठक हुँदै पालुङटार बिस्तारित बैठकसम्म आउदा माओवादी पार्टी भित्र दुइलाईन संघर्ष उत्कर्ष पुग्दै पार्टी विभाजनसम्म पुग्यो । यथास्थितिवादी पुरातन अवसरवादीहरू क्रान्तिकारी विचारबाट पलाएन भए भने क्रान्ति चाहाने क्रान्तिकारी शक्तिहरू जन विद्रोहको कार्यदिशामा अगाडि बढे । जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने कुरा केही हदसम्म वैद्य माओवादीमा रह्यो । तर कार्यदिशा अनुसार पार्टी योजना नबनाउने जनविद्रोह गर्न अहिले उपयुक्त समय नबनेको भन्ने यो या त्यो बहानामा यथास्थितिमा रमाउदै आन्दोलन क्रान्तिलाई गोलचक्कर र अध्यारो कोठाभित्र घुमाई रहेकाले अब किरणबाट पनि क्रान्ति अगाडि नबढ्ने कुरा नदेखिए पछि सचेत क्रान्तिकारीहरूको सक्रिय पहलकदमीबाट माओवादी पार्टी पुनर्गठन गरियो । जसको पहल क्रान्तिकारी नेता कमरेड विप्लवबाट भयो । अहिले देशको संकटपुर्ण अवस्थालाई हृदयगम गरि बैज्ञानिक कार्यदिशा एकीकृत जनक्रान्ति मार्फत माओवादी आन्दोलन सहिदको सपना र जनयुद्धबाट प्राप्त उपलब्धिहरूलाई कार्यन्वयन गर्न फेरि क्रान्तिको थालनी गर्नुपर्ने आवश्यकता देखियो, त्यही आवश्यकतालाई मध्यनजर गर्दै लाल गद्दारहरूबाट रक्षानमा फ्याकिएको माओवादी झण्डालाई फेरि उठाउदै यो देशका दलाल पुजीवादी हरू राष्ट्रघातीहरू जनघातीहरू भ्रष्टहरूका विरुद्ध आन्दोलन गरि राष्ट्रिय स्वाधीनता राष्ट्रिय स्वाभिमान र वर्गीय आन्दोलन मार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको ज्वलन्त आवश्यकता हो । यो देशमा भ्रष्टाचार कालोबजारी तस्करी बढ्दै गएको छ, देश सिक्किमिकरण हुने खतरा बढेको छ भने नेपाली दलालहरू मार्फत् देश भारतीय हस्तक्षेपको शिकार बन्दैछ । यो राष्ट्रिय स्वाधीनता जोगाउने र देशको लागि बोल्ने पार्टी माओवादी मात्र हो। यो माओवादी असली माओवादी हो, यसले माक्र्सवाद लेनिनवाद माओवादलाई आफ्नो पथप्रदशक सिद्धान्त मान्ने गर्छ भने नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको मार्गनिर्देशन गर्छ । यसले भौतिकवादी द्वन्दवादलाई माक्र्सवादी दर्शन मान्ने गर्छ । संसदीय व्यवस्था अन्त्य र जनसत्ताको निर्माण गर्ने यो माओवादी पार्टी हो, यसले क्रान्तिको थालनी गर्दै समुन्नत नेपाल नयाँ नेपालसगै जनताको अधिनायकत्व चाहान्छ । देशको बेरोजगारी समस्या समाधान गर्दै आत्मनिर्भर बन्ने प्रण गर्छ । समाजमा रहेको चरम भ्रष्टाचारको अन्त्य गर्ने छ । राष्ट्रिय सुधार, विकास अनि सुशासन गरि समानता र न्यायको परिधी बाध्दै धनी गरिब विचको असमानतालाई समानता ल्याउनु अबको क्रन्तिको मुख्य कार्यभार हुन आउँछ । अब हुने क्रान्तिले इमानदार दुःख पिडा पाएका नेता कार्यकर्ताहरूलाई एकत्रित गर्दै, जनतालाई संगठित गर्दै, देशभक्त, प्रगतिशील, परिवर्तनकारी क्रान्तिकारीलाई गोलबन्द गर्दै मध्यम वर्गीय तप्कालाई अबको क्रान्तिमा समाहित गर्दै यो राज्यसत्ताको विरुद्ध प्रतिरोध गर्ने राष्ट्रिय मुक्ति आन्दोलनलाई अगाडि बढाउँदै एकीकृत जनक्रान्ति को कार्यदिशामार्फत् नयाँ जनवादी सत्ता स्थापना गर्ने महान लक्ष्य बोकेको छ । यहि कुरालाई ध्यान दिँदा राज्यसत्ता बन्दुकको नालबाट जन्मिएको हुन्छ भन्ने कमरेड माओको उक्तिलाई आत्मसात गर्दै दलालहरूको विरुद्ध लड्नु अहिलेको मुख्री जिम्मेवारी हो । यो देशलाई निकम्मा बनाउने भ्रष्टाचार गरि राष्ट्रको ढुकुटी रित्याउने भ्रष्टहरूकोलागि नेकपा माओवादी भिमकाया पहाड बनेर अगाडि बढ्छ । किसान मजदुरको रक्षक एकीकृत जनक्रान्ति अनि नेकपा माओवादी, त्यसको कुशल नेतृत्व कमरेड विप्लव देशको आजको विकल्प हो ।
यहि सिलसिलामा २१ औं जनयुद्ध दिवसलाई भब्रीरूपमा मनाउनु, स्मरण गर्नु, त्यसको ऐतिहासिक महत्वलाई अझ थप उचाईमा पु¥याउनु हामी सचेत क्रान्तिकारी माओवादीको आदर्श हो । अधुरो अपुरो जनयुद्धको कार्यभार पुरागर्नु अनि सहिदको सपना साकार पार्नु, घाइते अपांगको चहराई रहेको घाउमा सान्त्वनाको मलमपट्टी गरि राहत दिलाउनु अनि क्रान्तिको रणमैदानमा लामबन्दी हुनु क्रान्तिकारीको दायित्व हुन आउँछ ।

प्रतिक्रियाहरु