एकताको राग – श्यामकुमार बुढा

२०७१ चैत्र ३ गते, मंगलवार

हिजो दिनभर प्राय माओेवादीको पार्टी एकताको हल्लाले फेसबुक छायो । हिजो पार्टी फुटाउन अहोरात्र जुटने नेता र तिनका छाउराहरुले पार्टी एकता प्रति राम्रै आशक्ति देखाए । त्यसमापनि हिजो आफुलाइ संस्थापन पक्षको भन्दै अरुपक्षलाइ हेप्दै लघार्न खोज्नेहरु आज पार्टी एकताकालागी पुरा आशक्त भए झैं गरेकाछन । त्यसमापनि भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरु, एकनम्वरका घुस्याहाहरु र किरण समर्थकलाइ सौता ठान्नेहरुको यो अस्वभाविक गतिविधि किन देखिएको होला ? म पनि साँचो एकताको पक्षपाती भएकोले यस्को धेरै ठुलो विरोध गर्ने मनसायमा छैन । तथापी यसप्रकारका मानिसहरुको चलखेल र सक्रियताले साँचो पार्टी एकता हुने कुरामा भने शंकैछ । त्यसका पछाडी दुइवटा कारण छन । पहिलो, ठुलो शक्तिको आडमा जो मनपरि गर्न पाइएको थियो फुटपछि ती कालामनसायलाइ मनपरि गर्नमा आएको व्यवधान हो । दोश्रो, जनतावाट गत संविधानसभाको चुनावमा खानुपरेको चड्कनी र अहिले भोग्नुपरेको दुस्मनको हेपाइ हो । यी दुइ कुराले पुरानो अहंकार पुनःस्थापना गर्न अहिले अहोरात्र पार्टी एकताको राग अलाप्न उत्प्रेरित गरेको देखिन्छ ।
नेताहरुको हकमा भने कुरा अलि फरक छ । प्रचण्ड यस्ता मान्छे हुन । उनलाइ कुर्सि जोगाउन जे पनि गर्न सक्छन । २०४८ सालमा लामासंगको संघर्षमा अल्पमतवाट वच्न हतार हतारमा बावुरामसंग एकता गरेका थिए । गत अन्तरसंघर्षमा किरणसंग अल्पमतवाट वच्न हतार हतार प्रकाशसंग एकता गरे । आज वावुरामवाट आच्चु आच्चु पर्दा फेरि किरणसंग एकता गर्ने नौंटकी चलेको छ । यो एउटा पाटो हो, प्रचण्डको ट्याक्टीकल मुभको । यो पनि प्रचण्डको पार्टी एकतालाइ प्रेरित गर्ने एक कारण हो ।
सवैभन्दा महत्वपुर्ण कुरा यो हो कि आजको पार्टी एकता अव के का लागी ? अव जनयुद्ध निर्मित उपलव्धीहरु सवै गुमी सकेको छ । यो फर्काउन किमार्थ अव असंभव छ । विगतको जस्तो क्रान्तिकारी पार्टी वनाउनपनि सकिँदैन । जनसत्ता पनि फर्काउन सकिदैन । जनसेनापनि फर्काउन सकिँदैन । यी सवै अव चिहानको मुर्दा जस्तै भै सक्यो । यो कुरा जति तितो लागे पनि उतिनै सत्य हो । आज त्यहि हेरेर रुँदै सत्तो सराप गरेरमात्र वस्न पनि सकिदैन । यो कुरा सवै नेताहरुले आज वुझेको विषय हो । अव त चिचि र पापा सहजतापुर्वक खान पनि पार्टी एकता चाहियो । आजको पार्टी एकताको राग यसैको अभिव्यक्ति हो ।
यसर्थ एकता प्रति मेरो समर्थन त छ नै तर यस्को अन्तर्यमा रहेको कलुषित चाल र मनसायको भने भण्डाफोर जरुरी छ । यदि यसो गर्न सकिएनभने कतिपय नमुनाहरुको लुटको स्वर्ग बचाउनमात्र यसो गरेको हुनेछ, सिद्धान्तनिष्ट पार्टी एकता फगत गफमात्र हुनेछ ।

प्रतिक्रियाहरु