एमाओबादीको पराजय विचलनको प्रमाण – कमल बुढा “इमान्दार”

२०७० मंसिर ८ गते, शनिबार


कम्युनिष्टका गुरुले त्यसै भनेका हैनन कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निधो गर्छ भनेर ठिक त्यो भनाइ नेपाली क्रान्तिको सन्दर्भमा पनि लागु भएको छ दश बर्ष सम्म नेपाली जनताका हजारौ सपुतहरुले गरेको बलिदान त्याग र समर्पण बाट नेपालमा गणतन्त्र आयको हो गणतान्त्रिक नेपालको पहिलो तथा नेपालको इतिहासमा पहिलो पटक सम्पन्न भएको संबिधान सभाको पहिलो निर्बाचनमा त्यहि दश बर्ष लामो लडाई गरेर आयको माओबादी र माओबादी नेतृत्व लाइ नेपाली जनताले लगभग बहुमत दिने गरि विजय गराएका थिए त्यो जनताको मतको सदुपयोग गर्ने छ जान संबिधान निर्माण संगै सम्पूर्ण सहिद परिवार बेपत्ता परिवारका साथै नेपाली जनताको सपना साकार पार्ने छ भन्ने आशा प्राय सबै नेपालीमा थियो र माओबादी लाइ बिजयी गरायर पहिलो पार्टी बनाएका हुन त्यो बेला सम्म प्रचण्ड बाबुरामहरु किरण बादलहरु संगै भएको माओबादी नेतृत्वमा योजनामा लगभग एकरुपता थियो प्रचण्ड प्रतिको कार्यकर्ताको पनि बिस्वास थियो माओबादीका देशै भरीका कार्यकर्ता मुलत पुरानो जनमुक्ति सेनामा काम गरेर आयको वाइसिएलको पंति पुरै जनताको काममा निरन्तर खटेको थियो उसका हरेक काम र गतिबिधि बाट जनता उत्साहित थिय चाहे ति एमाले समर्थक हुन् चाहे ति काग्रेस जो सुकैले अब देश माओबादीको जिम्मा दिनु नया शक्ति हो केहि गर्छ प्रायले भनेका थिए किनकी त्यो बेला सम्म माओबादी नेतृत्व नेपालको सन्दर्भमा क्रान्ति लाइ नेपालि मौलिकतामा सम्पन्न गर्ने भन्दै जनसेना लाइ ब्यारेकमा राखेर एक प्रकारको सम्झौता मार्फत नेपाली सेना र जनसेनाको हैसियत बराबर मान्दै संबिधान सभामा गएको थियो पार्टी त्यो बेलामा पनी माओबादी नेतृत्वले जनसेनाका केहि कमान्डर कमिसार लाइ बाहिर वाइसिएलमा लियर अरु जनसेना निर्माणको कार्य लाइ पनि तिब्रता दिने भन्दै सम्भब भए संबिधान सभा बाटै नभए नया विद्रोहको माध्यम बाट भए पानी नेपाली क्रान्ति लाइ सम्पन्न गर्ने प्रचण्डको संकल्प थियो त्यो बेला सम्म माओबादी कार्यकर्ताले जनयुद्द बाट आयको नेतृत्व भएकोले बिस्वास गर्नु स्वाभाविकै थियो कार्यकर्ता लाइ लागेको थियो हाम्रो नेतृत्वले सबै सही गर्दै छ अब संबिधान सभा बाट भएन भने पनि हाम्रो बलिदान त्याग समर्पणको मूल्य नया तरिकाले असुलिनेछ तर प्रचण्डमा भित्र भित्रै आयको बिचलन लाइ भने कार्यकर्ताले आकलन गर्न सकेका थिएनन एकाद नेता बाहेक अरुले .. भयो के भने सबिधान सभा निर्बाचन बाट प्रचण्ड २ ठाउँ बाट बिजयी भएर खसीको टाउको झुन्ड्यायर कुखुराको मासु बेच्ने भनि प्रचण्ड स्वयम् आफैले परिभाषित गरेको संसदीय ब्यबस्थामा प्रचण्डले आफु लाइ र आफ्नो पार्टी लाइ फसाई छाडे मुलत शहरको बसाइ खुवाई र रहन सहनले प्रचण्ड लाइ बढी प्रभावित पार्यो त्यो भन्दा बढी प्रचण्ड लाइ दलाली हरुको घेरा बाट फुत्किन गारो पर्यो उनले त्यस लाइ चिर्दै अगाडी बढ्न सकेनन हुदा हुदा उनको बसाइ रहन सहन पनि एक महा सामान्तकै स्तरमा फेरिन थाल्यो सुरुसुरुमा उनको कार्य शैलिको मात्रै बिरोध गरेका पार्टीका कमरेडहरुको समुह बढ्दै बढ्दै बिचार समूह सम्म बन्न थाल्यो र उन लाइ सच्याउन भन्दै कयौ कमरेडहरुले अनेकन प्रयत्न गरे तर अपसोच प्रचण्डको अथाहा घमण्डका कारण उनको कार्यशैली ब्याबहार बिचार फेरिन सम्भब भयन अन्तत अहिले आयर आफुले नै जन्माएको भनी खुब ढोल पिटेको एमाओबादीले संबिधान सभाको दोर्सो निर्बाचनमा जे जति मत परिणाम पाएको छ त्यसले पुस्टी गर्छ यो विचलनको प्रमाण हो भनी जनता न्याय र परिवर्तनको पक्षका नभएका हैनन एमाओबादेले जितेमा मात्र सब ठिक हुने नत्र सबै सडयन्त्र गरेको हुने यो कुनै राजनीतिक तर्क हैन प्रचण्ड पार्टीले सर्वानक पराजय भोग्नुको पछाडी जनताका असिमित आशा र विस्वासमाथि कुठाराघात गर्नुको परिणति हो । प्रचण्डको पार्टीले हार्नुमा आफ्नै गलत राजनैतिक कार्यदिशा, संसदीय सिद्धान्त माक्सबादको भ्रस्टीकरण गर्दै जनता र कार्यकर्ता लाइ झुक्याउदै केवल आफु मात्रै नेता बन्ने प्रचण्डको अन्तरिक गलत चिन्तनले काम गरेको छ । । आझ यो भन्दा गम्भीर त के भने प्रचण्ड ले पार्टी निर्णय बिपरित यो बिचमा जे जती संसदवादी पार्टीहरुसंग मिलेर समायोजनको नाममा गरिएको जनमुक्ति सेनाको अपमानपूर्ण विघठन, पहिलो संविधानसभाको विघटन लगायतका आत्म घाती निर्णय गरे त्यसले पनि प्रचण्ड पार्टीलाई पराजित गर्न मद्दत गरेको छ माओवादी पार्टीले जनयुद्ध लड्नुको मुल कारण भनेको असफल संसदीय ब्यवस्थालाई ध्वंश गरेर सार्वभौम सत्तामा जनताको अधिनायकत्व स्थापित गर्नु थियो । प्रचण्डले त्यसको सट्टा आफु त्यहा गयर पुराना दल एमाले र कांग्रेस लगायत संग आत्मसमपर्ण गर्दै उसैको अशली दलाल बनेर रजाइ गर्ने जे सपना देखे त्यसले पनि अहिलेको हार बेहोर्नु परेको हो आत्मसमर्पण बाट विजय कहिलै पनि सम्भब हुदैन त्यो नै प्रचण्डको उल्टो बाटो थियो । कम्युनिस्ट क्रान्तिकारी शिविरलाई छिन्नभिन्न पारी बदनामको अखडा बनाए । साम्राज्यवाद र विस्तारवादको आडमा लुट मच्चाएर रातारात सभ्रान्तको हैसियतमा चुलिए यो पनि उनको अर्को हारको कारण हो । जुन उद्देश्यको लागि जनमुक्ति सेनाको निर्माण गरिएको थियो त्यसको न्युनतम् बिन्दुमा प्रवेश नगर्दै जनमुक्ति सेनाको अपमानपूर्ण विघटन गरे । । अब एमाओबादी पार्टी विकृतिको कारखानामा रुपान्तरण भएको छ यसको यो हार संगै पार्टीको उधो गती सुरु भएको छ पार्टीमा अझै बाकी रहेका केहि क्रान्तिकारी कार्यकर्ता माओबादीमा फर्किने छन् एमोआबादी रित्तो भकारी जस्तो हुने छ अब हिजोको जस्तो छलकपटले काम गर्ने वाला छैन यो कुरा प्रचण्ड कमरेडले राम्रो संग बुझे हुन्छ इतिहासमा एक पटक राम्रो गरेका सबैले सधै राम्रो गर्छन भन्ने केहि छैन संसदीय व्यवस्थाले माओबादी आन्दोलन लाइ हित गर्दैन भन्ने कुराको हेक्का प्रचण्ड लाइ नभएको भने हैन तर तर तिनले आफ्नो सिंगो पार्टी लाइ भड्खालोमा हालेर भए पानी आफु कथित राज नेता बन्ने कोरा सपना देखे यो नै उनको अन्तिम भुल थियो अब प्रचण्ड चुरिफुरिको अत्य भएको छ उनका कार्यकर्ताले उनलाई अब के मानेमा नेता मान्ने यो प्रश्न पनि उब्जिएको छ नेपालको क्रान्तिकारी आन्दोलन लाइ प्रचन्डले दिएको धोकाको प्रमाण पनि यही हो नेपालका सबै जनताले एमाले र कांग्रेस लाइ राम्रो मानेर भोट दिएका नभई प्रचण्डको धोकाको बदला लिएका पनि हुन सक्छन समय मै गल्तिको महसुस गर्दै क्रान्तिकारी कार्यदिशा सहितको कम्युनिष्ट पार्टीको वरीपरी गोल्बद्दा हुने हिक्मत गर्दै अगाडी आउनु पर्छ अबको आन्दोलन निर्णायक आन्दोलन बनाउदै जित्नु पर्चा हामीले लडेर जित्ने हो चुनाबी राजनीतिले घाटमा पुर्याउनु बाहेक अरु बाटो देखाउने छैन ।

प्रतिक्रियाहरु