कालो दिन बन्दैछ ‘मंसिर ४’ – हस्तबहादुर केसी

२०७० मंसिर १ गते, शनिबार

नेपालको राजनीतिक इतिचहासमा २०७० साल मंसिर ४ गते कालो दिन बन्दैछ । मंसिर ४ गते सैनिनको घेराभित्र संगिन, गोला-बारुदका बिच तथाकथित दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गरेको ढ्वाङ फुकाउँदै साम्राज्यवादी तथा विस्तारवादीहरुका नेपाली दलालहरुबाट नेपाली लेन्डुप दोर्जेहरुबाट दिनको घाम जत्तिकै छल•ै भइसकेको कुरो हो । साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशनमा विशेष गरि भारतिय विस्तारवादीहरुको निर्देशन र ग्राण्ड-डिजाइनमा यो तथाकथित दोस्रो संविधानसभा निर्वाचनको कलाहिन नाटक मञ्चन गरिएको हो । कथित निर्वाचनको डिजाइन ह्वाइट हाउस दरबार र दिल्ली दरबारबाट गरिएको हो भन्ने कुरामा कतैपनि दुइमत छैन । होइन भनेर न त साम्राज्यवादी तथा विस्तारवादीहरुले नै पूष्टि गर्न सक्दैनन न त तिनका दलाल एमाले, एमाओवादी, नेपाली काँग्रेस र मधेसी मोर्चाले नै पूष्टि गर्दैछन । नयाँ नेपाली लेन्डुप दोर्जेहरुले मंसिर ४ गते सम्पन्न गर्ने कथित निर्वाचनले नेपाली जनताको भावना र चाहना बमोजिम, महान् दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको म्यान्डेट बमोजिमको नयाँ संविधान बनाउने, नभएर नेपाललाई सिक्किमिकरण गर्ने, नेपाली जनतालाई पराधिन, वैदेशिक शक्तिका गुलाम बनाउने, नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनतालाई साम्राज्यवादी तथा विस्तारवादहरुको पाउमा चढाउन लगाउने र स्वतन्त्र तथा स्वाधीन नेपाललाई सिक्किमिकरणको प्रक्रियाबाट भारतमा गाभ्ने गा्रण्ड-डिजाइनका साथ गरिन लागिएको हुनाले २०७० साल मंसिर ४ गतेको दिनलाई नेपालको राजनीतिक इतिहासमा कालो दिनको रुपमा परिभाषित हुन गइरहेको छ । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको उदयको ग्राण्ड-डिजाइनसँगै जुन स्वतन्त्र र स्वाधिन नेपाललाई पराधिनताको प्रक्रियामा प्रवेश गराइएको थियो । त्यो १०४ वर्षो शाषकहरु र त्यस पछिका राजा, काँग्रेस, एमाले, एमाओवादीका शासक वर्गहरुले निरन्तरता दिंदै र त्यसलाई मलजल गर्ने र बचाउँदै आउने मात्र काम गरेका थिए । करिव १०४ वर्षम्म बृटिश साम्राज्यवादले राणा शासकहरुलाई आफ्नो दलाल बनाएर राणा शासकहरुलाई बिरालोले मुसा खेलाएझैं खेलाउँदै ल्याएको थियो भने २००७ साल पछिको यो ६३ वर्षो अवधिभर भारतिय विस्तारवादले राजा, काँग्रेस, एमाले र एमाओवादीलाई त्यही बिरालोले मुसा खेलाएझैं ल्याएको भा कतै लुकेको छैन । अब भारतिय विस्तारवादले बिरालोले मुसालाई आफ्नो कब्जामा राखेर खेलाई राखेर मात्र उनिहरुाई नपुग्ने भएकाले संविधानसभाको नाटक रचेर जुन षड्यन्त्रको जाल फिजाएको थियो । त्यसमा एमाले, काँगेस, एमाओवादी, मधेसवादी दल समेतका संसदवादी दलहरु फसिसकेका छन् । र भारतीय विस्तारवादी शाषकहरुले फिजाएको जालमा बल्झीसकेका छन् । उनिहरु जालमा फसेको माछो उम्कन् नसकेझैं कुनैपनि हालमा उम्कन् नस्कने अवथामा पुगेका छन । यी एमाओवादी, एमाले, कांग्रेस र मधेसी मोर्चा लगायतका नामधारी दलालहरुले संवैधानिक ढंगले र कानुनी रुपले दर्ुइ हात औंलाको ल्याप्चे सहिछाप ठोकेर २०७० साल मंसिर ४ गतेको कथित निर्वाचन मार्फ् नेपाललार्य भारतमा गाभ्ने लाइसेन्स प्राप्त भएकाले नै मंसिर ४ गतेको दिनलाई नेपालको राजनीतिक इतिहासमा कालो दिन बन्दैछ भन्नुपर्ने दुःखद समाचार प्रकाशमा ल्याउनुपरेको हो । नेपाललाई सिक्किमिकरणको प्रक्रियाबाट भारतमा गाभ्ने योजना अहिले नै रातारात बनेको होइन । कांग्रेस, एमालेहरुले चाहेरपनि सिक्किमिकरणको प्रक्रियाबाट भारतमा गाभ्नसक्ने अवस्थामा थिएनन् तर भारतिथय विस्तारवादी शाषकहरुले अर्को शक्तिको खोजी गर्नु स्वभाविक थियो त्यसै क्रममा दसवर्षो जनयुद्धको नेतृत्व गरेको शक्तिलाई पनि आफ्नो नयाँ दलाल, नयाँ लेनडुप दोर्जेको रुपमा पाउन र खडा गराउनु उसको कर्तव्यभित्र पर्ने कुरा थियो । त्यही डिजाइनको आधारमा तत्कालीन नेकपा -माओवादी)को २०६२ कार्तिकमा सम्पन्न चुनवाङ् बैठकबाट दसवर्षम्म चलेको महान् जनयुद्धलाई स्थगीत गराएर जुन लोकतान्त्रीक गणतन्त्रको कार्यदिशा पारित गराउने वातावरण बनाइयो, त्यही माओवादीको चर्चित चुनुवाङ् बैठकको प्रक्रिया र निर्ण्र्ाासँगै नेपाललाई सिक्किमिकरणको प्रक्रियाबाट भारतमा गाभ्ने निर्ण्र्ााँगै पार्टर्ीीत्रका क्रान्तिकारीहरुलाई झक्याउँदै प्रचण्ड-बाबुरामले नेपानललाई सिक्किमिकरणको प्रक्रियाबाट भारतमा गाभ्ने ग्राण्ड-डिजाइन गरिएको थियो र त्यसकै आधारमा २०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा भारतिय विस्तारवादी शाषकहरुको निर्देशन र मध्यस्थतमा १२ बुँदे राष्ट्रघाती तथा जनघाती सम्झौता गरिएको थियो । २००७ सालमा विस्तारवादी शाषकहरुको निर्देशन र मध्यस्थतामा सम्पन्न राष्ट्रघाती दिल्ली सम्झौता कै स्तर उद्देश्यका साथ २०६२ मंसिर ७ गते उहि प्रकृतिको राष्ट्रघाती १२ बुँदे गरिएको भन्ने कुरामा त्यती विवाद छैन । त्यही १२ बुँदे समझदारी पत्रमा टेकेर २०६२/६३ को जनआन्दोलन सम्पन्न भयो साथै त्यसकै आधारमा पहिलो संविधानसभाको निर्वाचन पनि सम्पन्न भयो । दसवर्षो महान् जनयुद्धको नेतृत्व समेत गरेर आएको नेकपा-माओवादी) संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित हुनु नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदान थियो । नेपाली जनताले माओवादी प्रति त्यतिबेला ठूलो विश्वास गरेका थिए तर दुवर्ष जनयुद्धको मुख्य नेतृत्व गर्दै आएका प्रचण्ड-बाबुराम मण्डलीले भारतिय विस्तारवादको जालभित्र फसिसकेका कुरा नेपाली जनतालाई थाहा थिएन । उनिहरु भारतिय विस्तारवादका दलाल बनिसकेका कारणले खरिपाटी राष्ट्रिय कार्यकता भेला र पालुङ्टार प्लेनमबाट पारित गरिएको सामन्तवाद तथा साम्रामज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघिय गणतन्त्रताम्क संविधान बनाउन पार्टीी पहल गर्ने त्यसमा देशि-बिदेशी प्रतिक्रियावादी शक्तिहरुबाट षढ्यन्त्र भएमा जनव्रि्रोह मार्फ् नेपालीप् सम्पन्न गर्ने भन्ने कार्यदिशालाई लत्याउँदै प्रचण्ड-बाबुराम शान्ति र संविधानको नाम दिइएको बर्ुर्जुवा सुधारवादी एवम संसदिय पूँजीवादी कार्यदिशा पकड्न पुगेका थिए । उनिहरुले पार्टर्ीीे आधाकारिक कार्यदिशा बिनाकारण परित्याग गरेका थिएनन् यो राजनैेतिक तथा सैद्धान्तिक सवाल थियो । यो नेपाली क्रान्तिसित जोडिएको विषय थियो । संविधानसभाको आवाज २००७ सालको परिवर्तनसँगै भारतिय विस्तारवादी शाषकहरुले नेपालमा फैलाइदिएका भएपनि २०५२ सालपछि जनयुद्ध सञ्चालन गरिरहेकै अवस्थामा नेकपा -माओवादी)ले नेपाली क्रान्तिको कार्यनीतिकको रुपमा संविधानसभाको एजेण्डालाई अगाडि सारेको थियो । अर्थात् नेकपा -माओवादी) ले सुरु देखि नै संविधानसभालाई कार्यनीतिक कार्यक्रमका आधारमा मात्र पार्टर्ीीे नीति बनाउँदै आएको हो भने काँग्रेस, एमाले लगायतका सात राजनीतिक शक्तिहरुले संविधानसभालाई रणनीतिक लक्ष्यको रुपमा आत्मसाथ गरेपछि मात्र १२ बुँदे समझदारी मार्फ् संविधानसभाको निवर्पाचनमा जाने निर्ण्र्ााा पुगेका थिए । अत संविधानसभालाई माओवादीले कार्यनीतिक रुपमा लिएको छ भने संसदवादी दलहरुले शक्तिहरुले रणनीतिक रुपमा लिने गर्छन यि दुबै शक्तिबिचको भिन्नता यहि नै हो । प्रचण्ड-बाबुराम पनि भारतिय विस्तारवादको दलाल बनिसकेपछि पनि भारतिय गुप्तचर विभाग ँर’ ले प्रचण्ड-बाबुरामलाई मलेसिया र सिंगापुरमा बोलाएर सबै योजनाहरुमा सहमत बनाएको थियो । पछिल्लो पटक प्रचण्डलाई मात्र ँर’ का प्रमुखले भारतका सिलगुढीमा बेलाएर सबै विषयमा बवुल बनाएको थियो । त्यतिखेर र’ले प्रचण्ड-बाबुरामलाई भारतलाई विस्तारवादी भन्न नपाइने माओवादीभित्रको क्रान्तिकारीहरुलाई पार्टर्ीीट पाखा लगाउने, जनमुक्ति सेनाको विघटन गराउने, क्यान्टोममेन्टमा राखिएका हतियार सरकारलाई बुझाउने लगायत्का १० बुँदामा प्रचण्डलाई सहमत गराएको कुरा विभिन्न माध्यमबाट बाहिर आएका थिए । मंसिर ४ गतेको कथित निर्वाचनबाट बनाइने भनेको संविधानको सम्पर्ूण्ा खाका त्यतीबेलै ँर’ले तयार पारेर प्रचण्ड-बाबुरामलाई कार्यान्वयनको निम्ती नेपाल पठाइदिएको कुरापनि प्रचारमा नआएका हैनन् । भारतिय विस्तारवादले दिएको निर्देशन बमोजिम प्रचण्ड-बाबुरामले भारतिय विस्तारवाद भन्ने शब्द आफ्नो दिमागबाट हटाइसकेको कुरा उनिहरुको सातौं महाधिवेशनबाट प्रस्ट हुन आएको छ । अझ त्यो भन्दा पहिले जनसेनाको विघटन, हतियार बुझाउने काम र पार्टर्ीीत्रका क्रान्तिकारी शक्तिलाई पाखा लगाउने काम गरिसकेका थिए । नेकपा-माओवादीको पर्ुनगठन भइसकेपछि मात्र काँग्रेस, एमाले र मधेसीमोर्चालाई साथमा लिएर प्रचण्ड-बाबुरामले माओवादी सामेल हुन नदिने ग्राण्ड-डिजाइन अर्न्तगत रहेर २०७० साल मंसिर ४ गतेका लागि कथित दोस्रो संविधानसभाको निर्वाचनको मिति घोषणा गर्न पुगेका थिए । एमाओवादीभित्रको क्रान्तिकारीहरु त्यहाँरहेसम् मभारतिय विस्तारवादका योजनाहरु कार्यान्वयव हुन नसक्ने विश्लेषणका साथ एमाओवादी विभाजनको वातावरण गराइएको थियो । पछिल्लो अवधिमा आएर गम्भीर प्रकारको वार्तागर्दापनि माओवादी संविधानसभाको निर्वाचनमा सहभागी भएर संविधानसभामा उपस्थित हुन पुग्यो भने नेपाललाई सिक्किमिकरण गर्ने योजना तुहिने ठहरमा पुगेर नै भारतिय विस्तारवादको नांगो निर्देशनमा वार्ता भंग गराइएको थियो र माओवादीको ऐतिहासिक पोखरा बैठकले कथित निर्वाचनलाई सशक्त र सक्रिय रूपमा बहिष्कार गरेर ध्वस्त पार्ने निर्ण्र्ाागरेपश्चात यी दलालहरु अत्तालिएर ६२ हजार नेपाली सेना देशव्यापी रुपमा परिचालन गरेर माओवादी क्रान्तिकारीहरुलाई सखाप पार्दै नेपाली क्रान्तिलाई समेत ध्वस्त पार्ने उद्देश्यका साथ दलालहरु अगाडि बढेका हुन् भन्ने कुरा दिनको घाम जस्तै छङ्• हुन पुगेको छ । अहिलेसम्म विस्श्वका करिव ४२ वटा मुलुकहरुमा संविधानसभा मार्फ् सुधारवादी संविधान बनाउने काम भएको छ तर ती देशहरुमा राज्यको सेना परिचालन गरेर जनतामाथि युद्ध थोपर्दै निर्वाचन सम्पन्न गरिएको थिएन तर यहाँका दलालहरुले मुलुकलाई पुरै सैनिकीकरण दिशामा अगाडी बढाउँदै जनतालाई आतंकित र भयभित तुल्याउँदै साथै नेकपा-माओवादीका कार्यकर्ता, र्समर्थक, सुभ-चिन्तकहरुलाई गरेर झुटा मुद्धा लगाउने जुन हर्कत गरिएको छ, यो नाङ्ो फ,ाँसिवादको नमुना हो । आज यी दलालहरु स्वय्मले सेना परिचालन गरिरहेका छेनन् माओवादी माथि व्यापक धरपकड, थुनछेक र झुटा मुद्धामा फसाउने षढ्यन्त्र गरिरहेका छैनन । यो हर्कत त साम्राज्यवादी र विस्तारवादीहरुको निर्देशन र डिजाइनमा भइरहेको छ किनकी राज्यको यतिठूलो सेना परिचालन गरेरपनि ढुक्क हुन नसकेका यी दलालहरु अहिले अदालतलाई समेत प्रयोग गरेर क्रान्तिकारी माओवादीहरुलाई प्रतिक्रियावादी अड्डा अदालतमा उभ्याउने जनतालाई निरास तुल्याउने, त्यसकै बिचबाट कथित निर्वाचन सम्पन्न गरेर राष्ट्रघाती तथा जनघाती संविधान निमार्ण्र्ाार्ने तानाबाना बनिरहेका छन् । यसरी मंसिर ४ गते नै नेपालललाई सिक्किमिकरण गर्ने ँकालो संविधान’ निर्माण गर्ने जनताबाट लाइसेन्स लिने प्रयत्न गरिएको दिन भएकोले नै मंसिर ४ गते नेपालको राजनीतिक इतिहासमा कालो दिनको रुपमा उदाउँदै छ । स्वाभिमानी नेपाली जनता र क्रान्तिकारीहरुको निम्ती यो ज्यादै दुःखद कुरा हो तर गौरवको विषय के हो भने एमाओवादी भित्रको मुख्य नेतृत्व नवसंशोधनवादमा पतन भइ प्रतिक्रियावादीहरुको कित्तामा सामेल भइसके पश्चात त्यसभित्रबाट व्रि्रोह गरि क्रान्तिकारी पार्टर्ीीेकपा-माओवादी पर्ुनर्गठन भएको करिव १.५ वर्षभित्र ै उसले लिएका नेपाली क्रान्तिको सहि कार्यदिशा र देश र जनताप्रतिको र्समर्थनका कारणले राष्ट्रिय तथा अन्तर्रर्ााट्रय जगतमा अत्यन्त लोकप्रिय बन्न पुगिसकेपछि आज साम्राज्यवादी – विस्तारवादी र तीनका नेपाली दलालहरु जसरी अत्तालिएर नेपाली सेनालार्य प्रयोग गर्न पुगे । प्रतिक्रियावादी अदालतलाई गर्ुहान पुगे । यो नै नेपाली जनता, नेपालका क्रान्तिकारीहरु तथा देशभक्त, जनवादी एवम प्रगतिशिल जनसमुदायको विजय हो र नेपाली क्रान्तिको निर्ण्ाायक नेतृत्व गरिरहेको नेकपा-माओवादीको विजय हो । माओले भनेझैं प्रतिक्रियावादीहरु कागजी बाघ हुन् यी कागजी बाघहरुलाई नेपाली जनताले यही धर्तिमा जसरी राणाशाहीतन्त्र, राजतन्त्र र ज्ञानेन्द्रको तानाशाही तन्द्रलाई जसरी माटोको धुलोमा मिलाइदिएका थिए त्यसरी नै यि चार दलका लेन्डुप दोर्जेहरुलाई पनि माटोको धुलोमा मिलाइदिने सवालमा कसैले रोक्ने छैन । जनताको तागतलाई कसैले चाँही छिन्न-भीन्न गर्न सक्ने छैन । यो इतिहासले सावीत गरेको कुरा हो । जनता स्वय्मले नै नयाँ संसारको रचना गर्दछन् । अहिले नेपालमा दलालहरु जुन ढंगले आएका छन् त्यही ढंगले क्रान्तिकारी, देशभक्त, जनवादी तथा प्रगतिशील शक्तिहरु र आम क्रान्तिकारी जनसमुदायहरु एक ढिक्क भएर अगाडी बढ्नुको विकल्प छैन ।

प्रतिक्रियाहरु