दोस्रो संविधानसभा जहा भारतीय शासकको मात्रै जीत हुनेछ – हुकुमबहादुर सिंह

२०७० मंसिर १ गते, शनिबार


नेपाली जनता दोस्रो संविधानसभाको नर्ीवाचनमा विभाजित छन् । एकथरी त्यो नर्ीवाचनमा भोट हाल्न जा“दै छन् भने अर्को थरी त्यसको बहिष्कार । बहिष्कारवालाहरू भने यो नवाचन राष्ट्रिय हित र स्वार्थका विपरित र यो नर्ीवाचनमा जसले जिते पनि त्यसले भारतको आधा शताब्दीदेखिको नेपाललाई सिक्किम गराउने रणनीतिको नै जीत हुन्छ, नेपाल र नेपालीको हार हुने छ । यो भनेको उनीहरूको दावी नेपाललाई ँसिक्किमीकरण’ वा भुटानीकरण गर्नु हो । हुनत ँसिक्किमीकरण’ भन्ने शब्द नेपाल र भारतका केही बुद्धिजीवीका लागि अहिले पनि त्यति पाच्य छैन् । त्यसैगरी उनीहरूका लागि ँकाजी लेन्डुप दोरजीहरू’ भन्ने शब्द पनि त्यति मधुर लाग्दैन् । यी शब्दलाई उनीहरू नेपालका परम्परावादी कम्युनिष्टहरूको शब्दजाल मात्रै मान्दै आएकाछन् । तर भारतीय शासक वर्गको नेपालमाथिको हैकमवादी र विस्तारवादी प्रवृतिका कारण तत्थ्यहरू यिनै शब्दहरूद्धारा आक्रषित हु“दै आएका र त्यसैका वोरीपरि घुम्दै आएका छन् । र सिक्किमलाई भारतको बाइसौ प्रदेशमा गाभेका केही वर्षेखि त झन नेपाल र भुटानमाथिको भारतीय शासकवर्गको हस्तक्षेप त्यतैतर्फनिर्देशित बन्दै गएको छ । खासगरी नेपालीको चाहना विपरित नेपालको पहिलो संविधानसभाको विघटन र नेकपा-माओवादीले भनेझै नेपालका राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजको स्वतन्त्र पहलमा राजनीतिक संकटको समाधान देशभित्रै गोलमेच सभाबाट खोज्नुको सट्टा भारतीय शासक वर्गको दबावमा सेवानिवृत कर्मचारीहरूलाई सत्ता सुम्पेर नेपाली सेनालाई नेपालका राष्ट्रवादी तथा देशभक्तहरूका विरूद्ध परिचालन गरेर दोस्रो संविधानसभाको नर्ीवाचनको नौटङकी जो मञ्चन गरिदैछ ।
भारतीय शासक वर्गको हैकमवादी र विस्तारवादी प्रवृतिका कारण उसका छिमेकी देशहरूको राष्ट्रियता र र्सार्वभौमिकता सधैभरी खतरायुक्त र चुनौतीपूण रहदै आएको छ । यसका पछाडि प्रमुख दुइवटा कारणहरू छन् ः प्रथम भारत जनसंख्या र भौगोलिक क्षेत्रफल दुवै हिसावले अति नै विशाल छ भने उसका छिमेकी भूटान, नेपाल, वंगलादेश, श्रीलङका आदि क्षेत्रफलका दृष्टिले ज्यादै साना र जनसंख्याका दृष्टिले भारतको तुलनामा धेरै कम छन् । भारतले सधैभरी उसका छिमेकी देशको र्सार्वभौमिकतालाई ती देशको आकार र उनीहरूको आर्थिक हैसियतमा हर्ेर्ने गर्दै आएको छ र ती देशहरूस“ग बराबरीको आधारमा सम्वन्ध स्थापित गर्ने प्रयास गर्दै गदैन् । यसका पछाडिको मूल कारण भारतीय शासक वर्गको छिमेकीप्रतिको उसको साम्राज्यवादी तथा विस्तारवादी सोंच हो । यो सोंचलाई भारतले ती देशमाथि प्रत्यक्ष सैनिक हस्तक्षेप नगरी ती देशहरूमा उसका दलालहरूमार्फ नवऔपनिवेशिकता लाद्ने रणनीतिद्धारा र अन्तराष्ट्रिय समुदायका अगाडि विभिन्न वैधानिक तौरतरीका अपनाएर गर्ने गर्दछ । यसका लागि नर्ीवाचन र ती देशहरूमा त्यहा“को सामाजिक संरचनामा आमूल परिवर्तन ल्याउने खालका आन्दोलन वा क्रान्तिलाई आफ्नो पक्षमा उपयोग नै उसको प्राथमिकता हो । यसका लागि उसको पहिलो रोजाई उसका छिमेकी देशहरूमा भारतीय सद्भाव प्राप्त सरकार हो । सन् १९७०को मध्यदशकमा सिक्किममा चलेका त्यहा“को राजतन्त्र विरोधी आन्दोलनबाट फाइदा लिन उसले अपनाएको रणनीति, १९७१मा बंगलादेशलाई पाकिस्तानबाट अलग गर्न गरेको उसको सैनिक हसतक्षेप, २००७ सालमा नेपाली जनताले यहा“को राणा शासन विरूद्ध चलाएको आन्दोलनमा उसको पहलमा गरिएको पहिलो दिल्ली सम्झौता, २०४६सालको र त्यसपछिका नेपालमा चलाइएको १०वर्सरेशस्त्र संर्घष्ा र २०६२-०६३को १९दिने जनआन्दोलन र त्यसपछिका मधेस आन्दोलनहरू आदिलाई उपयोग गर्न उसको सक्रियतामा गरिएको दोस्रो दिल्ली सम्झौता, स्वायत्त मधेस एक प्रदेश आदि उल्लेखनीय छन् ।
दक्षिण एशियाको एउटा देश सिक्किम जब भारतमा विलय गरियो, बुद्धिजीवीहरू र देशभक्तहरूकाबीचमा एउटा भनाई ज्यादै प्रचलनमा आयो- ँकाजी लेन्डुप दोरजीहरूको कुनै देश हु“दैन्, कुनै समय हु“दैन् । यिनीहरू कुनै पनि देशमा, कुनै पनि समय पैदा हुन सक्छन् ।’ यो भनाइको तार्त्पर्य स्पष्ट छ कि काजी लेन्डुप दोरजीहरू एक समय-सन् १९७०को मध्यदशकतीर) सिक्किममा देखिए, अब कहिले भुटानमा त कहिले नेपालमा देखिनेवाला छन् । काजी लेन्डुप दोरजीहरू पाकिस्तान र श्रीलङकामा अस्तित्वहीन नै त छैनन्, सुसुप्त अवस्थामा तर कृयाशील छन् । तर नेपाल र भुटानमा भने ती झनझन बलिया, खुल्लम खुल्ला र हाकाहाकी भन्दै छन् कि हामी भारतीय रअका लागि ककाम गर्ने राजनेता, प्रशासक हौ भनेर ।
माथि उल्लेख गरिएका काजी लेन्डुप दोरजीहरूको उत्पत्ति र विकासका लागि दर्ुइवटा पक्षले महत्वपर्ूण्ा भूमिका खेल्छन् । प्रथम भारतीय शासकवर्गको उसको छिमेकी देशको र्सार्वभौमिकतालाई हर्ेर्ने दृष्टिकोण, द्धितीय ती देशहरूको सामाजिक संरचनामा आमूल परिवर्तन ल्याउने खालको क्रान्तिले खेल्ने भूमिकाको महत्व । एक समय नेपालमा चलेको दशवर्सर्ेेशस्त्र युद्ध र नेपाली कम्युनिष्ट आन्दोलनले त्यसका लागि बलियो आधार बन्ने सामर्थ्य राख्दथियो । तर नेपालका हरेक राजनीतिक दलहरू, नागरिक समाज, प्रशासनयन्त्रआदिमा जस्तै दशवर्सर्ेेशस्त्र युद्धका नायकहरूमध्ये केहीभित्र लेन्डुप दोरजीहरू पैदा गराउन भारतीय शासकवर्ग सफल देखिएको छ । परिणाम नेपाली जनताले ६दशकदेखि चलाएको आफै र्सार्वभौमसत्ता सम्पन्न बन्ने महान बलिदानी पर्ूण्ा आन्दोलन संविधानसभाको नर्ीवाचनलाई भारतले कसरी उपयोग गर्दै छ, नेपालका देशभक्तहरूका लागि चिन्ताको विषय बनेको छ, जीवनमरणको लर्डाई भएको छ । यो लडाइमा नेपालका काजी लेन्डुप दोरजीहरू दोस्रो संविधानसभाको नर्ीवाचनमा उम्मेदवार बनेर भारतको नेपाललाई सिक्किमीकरण गर्ने रणनीति अनुसार अगाडि बढेका छन् भने नेकपा-माओवादीको नेतृत्वमा ३३दलीय मोर्चा दोस्रो संविधानसभाको नर्ीवाचनमार्फ भारतको नेपाललाई सिक्किमीकरण गर्ने रणनीतिका विरूद्ध यो नर्ीवाचनको सशक्त बहिष्कार गर्ने उद्घोषका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको झण्डा उठाएर खडा भएको छ ।
यी उल्लेखित यथार्थताहरूलाई नेपालको वर्तमान सर्न्दर्भमा यसरी भन्न सकिन्छ- काजी लेन्डुप दोरजीहरूको कुनै सिद्धान्त, विचार र राजनीतिक दल हु“दैन् । यी राजतन्त्रवादी वा लोकतन्त्रवादीमात्रै हुन्छन् भन्ने होइन्, यी त मार्क्सवादी मात्रै नभई वर्तमान नेपालको सर्न्दर्भमा माओवादी पनि ह“ु“दा रहेछन् । यी मधेसी मात्रै हुन्छन् भन्ने पनि सत्य होइन्, यी खा“टी पाहाडी बाहुन, क्षेत्री पनि हुन्छन् । मार्क्सवादी-लेनीनवादी-माओवादी हु“दैमा तीनीहरू काजी लेन्डुप दोरजीहरू हु“दैनन् भन्ने पनि तत्थ्यहरूद्धारा अब गलत सावित भइसकेको छ । मार्क्सवादी-लेनीनवादी-माओवादीको खोलभित्र हरियो घा“सभित्र हरियै र्सप भएर लुकि बस्दा रहेछन् ।
मार्क्सवादी-लेनीनवादी-माओवादी कित्ताका नेपालका काजी लेन्डुप दोरजीहरूले भित्रीरूपमा दिल्लीको शासकवर्गसंग उसको हितमा असर नपार्ने प्रतिवद्धता गर्दै कम्युनिष्टको रातो झण्डामूनी र्सवहारावर्गको राज्यसत्ता स्थापनाको ढोलक पिट्दै दशौ हजार सहीदहरूको रगत बगाउन लगाए, हजारौ देशभक्तहरूलाई सिआइडिको नाममा कत्लेआम गरे र अहिले दोस्रो संविधानसभाको नौटङकीभित्र आफैभित्रका प्रगतिशील, क्रान्तिकारी देशभक्तहरूलाई दमनद्धारा सिध्याउने प्रक्रियामा भारतीय शासकवर्गसंग हातेमालो गर्दै छन् । यसले पनि उपयुक्त भनाइलाई स्पष्ट पार्न मद्त गर्दछ ।
इतिहास“ले के सिद्ध गरेको छ भने भारतका लागि ती देशहरूमा गरिने नर्ीवाचनहरू र भारतसंग ती देशहरूले गर्ने असमान सन्धी-सम्झौताहरू उसका लागि ती देशभित्र उसको औपनिवेशकता फैलाउने बलिया हतियार हुन् । सिक्किमको विधानसभामा उसले कसरी काजी लेन्डुप दोरजीहरूलाई जिताउन सफल भयो र कसरी त्यो संस्थामार्फ सिक्किमलाई भारतको २२औ राज्य घोषणा गर्न सफल भयो । विधानसभाको नर्ीवाचनमा सिक्किमको प्रधानमन्त्री छानेका सिक्किमी जनताले कसरी मुख्यमन्त्री छान्न पुगेका रहेछन्, पछि मात्रै उनीहरूलाई थाहा भयो ।
जव सम्म भारतमा उसका छिमेकी देशको र्सार्वभौमिकतालाई ती देशको आकार र उसको आर्थिक हैसियतमा हर्ेर्ने दृष्टिकोण रहिरहन्छ र उसको साम्राज्यवादी तथा विस्तारवादी सोंचलाई छाडेर ती देशहरूसंग बराबरीको आधारमा सम्वन्ध स्थापित गर्ने प्रयास गदैन्, त्यसवेलासम्म ती देशहरूमा काजी लेन्डुप दोरजीहरूको उत्पत्ति र विकास भइनै रहन्छ ।
भारतीय शासकवर्ग नेपालमा पनि संविधानसभाको पहिलो नर्ीवाचनद्धारा नर्ीवाचित संविधानसभालाई वीघटन गराउन यहा“का काजी लेन्डुप दोरजीहरूलाई उपयोग गरेर सफल मात्रै भएन् , उसकै ग्रान्ड डिजाइनमा नेपालमा हुन लागेको दोस्रो संविधानसभाको नर्ीवाचनमा -जसलाई नेकपा-माओवादीले नौटङकी भनेको छ) नेपालका क्रान्तिकारी र देशभक्तहरूलाई नर्ीवाचन प्रक्रियाबाट बाहिर राख्न जे जस्तो दवावमूलक हस्तक्षेपकारी भूमिका भारतले खेलेको छ, त्यसबाट पनि भारतीय शासकवर्गले नेपालको दोस्रो संविधानसभाको नर्ीवाचनलाई आफ्नो पक्षमा बनाउने रणनीतिलाई कसरी कार्यान्वयन गर्दैछ भन्न् स्पष्ट पार्न मद्त गर्दछ । त्यसैकारण भारत नेपालको राष्ट्रिय र्सार्वभौमिकता र अखण्डताका विरूद्ध यो नीवाचनलाई रणनीतिक रूपले उपयोग गर्न चाहन्छ र त्यसका लागि अहिले नेपालका काजी लेन्डुप दोरजीहरू को कति भारतको नजिक हुने र कसले कति भारतको हितमा काम गर्ने भन्ने होडबाजी चलेको छ । एउटै पार्टर्ीीत्रको चुनाव प्रचारका लागि एकै दिनमा ३२लाखको हेलीक्याप्टर चढेर सयर गर्ने उम्मेदवार पनि छन् भने त्यही पार्टर्ीी अर्का उम्मेदवारले मतदातालाई आफ्नो पर्चा बेचेर अर्थ संकलन गरेको पनि सञ्चारमार्फ बाहिर आएको छ । एकै दिनमा ३२लाखको हेलीक्याप्टर चढेर सयर गर्ने पैसा कहा“बाट आउ“छ – यसलाई नेपाली जनताले गम्भीरताका साथ लिनु आवश्यक छ ।
नेपालमा अहिले मंसीर ४ गतेको दोस्रो संविधानसभा नर्ीवाचनको तयारी जे जसरी अगाडि बढि रहेको छ, त्यसबाट के संका उब्जेको छ कि कतै हामी नेपाली जनता संविधानसभाको यो नर्ीवाचनले नेपालको संविधान बन्ने र यहा“ राष्ट्रपति वा प्रधानमन्त्री छान्ने नेपाली जनताको चाहना यदि सबधानी पर्ूवक नेकपा-माओवादी लगायत ३३ दलको सहभागीता नगर्राई काम गरिएमा सिक्किमको विधानसभामा जस्तै नेपालमा पनि दिल्लीले तयार पारेको एउटा संविधानमा लाहाछाप लगाउने र नेपालमा पनि प्रधानमन्त्रीको नाममा एउटा नया“ मुख्यमन्त्री मिल्ने त होइन – गम्भीर शंकागर्ने ठा“उ छ । भारतमा विलयभन्दा अघि काजी लेन्डुप दोरजी सिक्किमका प्रधानमन्त्री थिए जसको हैसियत विलयपछि मुख्यमन्त्री भएको थियो ।
भारतीय शासकवर्ग उसका छिमेकी देशहरूमा भएका परिवर्तनलाई अथवा परिवर्तनतर्फउन्मुख आन्दोलन वा नीवाचनलाई कसरी आफ्नो स्वार्थअनुकुल बनाएर उपयोग गर्दछ भन्ने तत्थ्यगत विवरणहरू नेपाल र भारतका विभिन्न लेखकहरूद्धारा प्रकाशित कृतिहरूले दिएका छन् । भारतीय सत्ताधारी वर्गको दृष्टि अहिले नेपालमाथि छ । नेपालमा राजदुत भएर रहेका के.वी.राजनद्धारा सम्पादीत किताब ँदि एम्बेर्स्र्डस क्लब’मा बी.एस.दासको लेख ँसनसेट फर दि चोग्याल’मा उनले कसरी आफूले सिक्किमलाई भारतमा विलय गराउन सफल भएको विवरणात्मक जानकारी दिएका छन् । र कतै यहि रणनीतिलाई कार्यान्वयनमा ल्याउने लक्ष्यका साथ भारतीय शासकवर्गले पहिलो संविधानसभाको विघटन गराउन मद्त गरेर दोस्रो संविधानभसाको नर्ीवाचनका लागि नेपालमाथि दवाव दिएको त होइन् भन्ने अहम् सवाल उठेको छ । किनभने यो नर्ीवाचनमा नेपालका क्रान्तिकारी र देशभक्त शक्तिहरूलाई बाहिर राख्ने रणनीति अनुसार दलाल तथा नोकरशाहाहरूलाई सरकारमा राखेर काजी लेन्डुप दोरजीहरूको पार्टर्ीीलाई बहुमतमा ल्याएर संविधान लेख्ने देशी तथा विदेशी प्रतिक्रियावादीको चाहनाको विषय बन्न गएको छ । त्यसले पनि के स्पष्ट बनाएको छ कि संविधानसभाको यो नर्ीवाचनले नेपाललाई सिक्किमीकरण नभए हाललाई भुटानीकरणलाई वैधानिकता दिने मार्गतर्फअग्रसर भएको तर्फसंकेत गरेको छ । तै पनि नेपाली जनताको पक्षमा जनपक्षीय संविधान लेखिन्छ भन्न काजी लेन्डुप दोरजीहरूले छाडेका छैनन् । हुनत यसो भन्नु काजी लेन्डुप दोरजीहरूको चरित्र नै हो । सिक्किमका काजी लेन्डुप दोरजीहरूले पनि सिक्किमी जनतालाई यसै भनेर ढाटेका थिए । सिक्किममा जस्तै नेपालमा पनि राजामा रहेको र्सार्वभौम सत्ता जनतामा हस्तान्तरण गर्ने महान् अभियानका लागि विधानसभाको गठन थियो तर त्यहा“का काजी लेन्डुप दोरजीहरूको मद्तमा कसरी सिक्किमलाई आफ्नो देशभित्र गाभ्न सफल भयो – त्यसैगरी भारतीय शासकवर्ग नेपालका काजी लेन्डुप दोरजीहरूको मद्तमा नेपालको पहिलो संविधानसभालाई संविधाननै नवनाई विघटन गराउन सफल भयो र अहिले दोस्रो संविधानसभालाई उसको पक्षमा उपयोग हुने वातावरण बनाएको छ । किनभने जसले जिते पनि आखिरमा यो संविधानसभाको नीवाचनमा उसले चाहेका काजी लेन्डुप दोरजीहरूका अनुहारहरू नै हुने छन् ।
नेपालका विभिन्न शोषित पीडितवर्गहरु, उत्पीडित मजदुर, किसान, महिला, जनजाति, दलित आदिको शोषणवाट मुक्ति दिने खालको संविधान नेपाल र नेपालीको चाहना हो । न्याय, परिवर्तन, स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको लडाइ“लाई सम्बोधन गर्ने भनेको जनताले आफैले निर्वाचित प्रतिनिधि, जसलाई संविधानसभा भनिन्छ मार्फ आÇनो संविधान आफै वनाउने हो । तर यहि संविधानसभाबारे अहिले नेपालमा वादविवाद भएको छ । खासगरी २०७० चैत्र १ गते नेपालका चार दलको शिफारिसमा गरिएको राष्ट्रपतिको असंवैधानिक कदममा टेकेर अत्नराष्ट्रिय शक्तिकेन्द्रहरूको र्समर्थन र सहयोगलाई दोस्रो संविधानसभाको औचित्यता प्रस्तुत गर्ने प्रयास गरिएको छ, त्यो आफैमा अराष्ट्रिय त छ नै साथै यो स्पष्टतः एउटा प्रतिगमनकारी कदम पनि सिद्ध हुने छ । किनभने यो कदमका पछाडि भारतीय शासक वर्गको दवाव र प्रभाव छ जसले नेपाल र नेपाली जनताको न्याय, परिवर्तन, स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको लडाइ“लाई बीचैमा तुहाएर, नेपाललाई सधैभरी उनीहरूको आड र भरोसामा बा“चेको देख्न चाहन्छन् ।
आधारभÒतवर्गको समस्या समाधान गर्न सक्ने र वास्तविक अर्थमा तिनीहरूको स्वतन्त्रतालाई सम्वोधन गर्न सक्ने नर्ीवाचन वर्तमानको आवश्यकता हो । यहा“ आधारभÒÒतवर्ग भन्नाले र्सवहारावर्ग, किसानवर्ग तथा उत्पीडित, सबै तहका दलितवर्गलाई जनाउदछ । तर वर्तमानमा जसरी नीवाचन गर्न थालिएको छ, त्यसले नेपाललाई सिक्किमीकरण र भुटानीकरणलाई वैधानिकता प्रदान गर्ने प्रकृयाभित्रको एउटा कडी मात्रै हुने छ । परिणाम नेपालको राजनीतिमा काजी लेन्डुप दोरजीहरूलाई स्थापित गर्ने छ र परिणाम नेपाली र्सवहारावर्ग, किसानवर्ग तथा उत्पीडित, दलितवगको अधिकारलाई र र्सार्वभौमिकतालाई कुण्ठीत मात्रै गर्ने छैन्, नेपालको राष्ट्रिय स्वाधिनता र र्सार्वभौमसत्ता झन कमजोर बन्दै जाने छ । र परिणाम त्यही हुने छ, जो भुटानको गत नर्ीवाचनपछि त्यहा“का एक जना बुद्धिजीवी येशे दोरजीले आफ्नो लेख जसको शिर्ष ँ२०१३ जनरल इलेक्सनः इंडिया इज विक्टोरियस’ मा एक जना भुटानी नागरिकले भनेका कुरालाई यसरी राखेका थिए कि ँयो नर्ीवाचनमा हामीले एक जना नया“ प्रधानमन्त्रीका लागि आफ्नो मत खसालेको छौ, यदि सावधानीपर्ूवक काम गर्न सकेनौ भने हामीलाई सायद एउटा मुख्यमन्त्री मिल्ने छ ।’ उनको यो भनाई नेपालमा भारतको ग्रान्ड डिजाएनमा हुन गइरहेको संविधानसभाको यो नर्ीवाचन पनि गहिरो अर्थले भरिएको छ ।
-लेखक नेकपा-माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालका अध्यक्ष हुन ।

प्रतिक्रियाहरु