नेपाल बन्द किन ? – हस्तबहादुर केसी

२०७० कार्तिक २३ गते, शनिबार


हाम्रो इरादा दुनियाँ बदल्ने हो । हामी नयाँ संसार निर्माण गर्न चाहन्छौं । त्यसको जग भनेको नेपाली क्रान्ति नै हो । त्यसको नेतृत्वदायी अंग नेपाली र्सवहारा वर्गको अग्रदस्ता नेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता नेपाल कम्युनिष्ट पार्ट माओवादी र यसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले यही २०७० साल कार्तिक २५ गते देखि मंसिर ५ गतेसम्म १० दिनका लागि नेपालबन्द -आम अड्ताल)को आहृवान गरेपछि नेपालको वर्तमान राजनीतिक क्षितिजमा एक प्रकारको हलचल पैदा भएको छ । साम्राज्यवादी तथा विस्तारवादी र तिनका नेपाली दलालहरू नेकपा – माओवादी र ३३ दलीय राजनीतिक मोर्चाका विरुद्ध तथा आम न्यायप्रेमी तथा मुक्तिकामी जनता, देशभक्त जनवादी तथा प्रगतिशील र राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरूका विरुद्ध ६२ हजार नेपाली सेनालाई वयारेकबाट बाहिर निकालेर देशव्यापी रुपमा परिचालन गरेर जनतालाई आतंकित तुल्याउने ज्ञानेन्द्र शैलीको पुनरावृत्ति गरिएको छ ।
नेपालको राजनीतिक इतिहासमा १०/१० दिनको नेपाल बन्दको आहृवान गरिएको यो पहिलो घटना हो । २०६२/०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रक्रियामा निरंकुश राजतन्त्रका विरुद्ध पुराना संसदवादी राजनीतिक दलहरूले २०६२ चैत्र २४ गतेदेखि २८ गतेसम्म जम्मा ५ दिनका लागि मात्र नेपाल बन्दको आहृवान गरेका थिए । तर ज्ञानेन्द्र शाहले नेतृत्व गरेको निरंकुश राजतन्त्रले नेपाली जनतामाथि भीषण दमनचक्र चलाएर नरसंहार मच्चाएर कफ्र्यु समेत जारी गर्यो । आम संचार र टेलीफोन र इन्टरनेटलाई समेत प्रति बन्द लगाएर सिंगो नेपाललाई कालरात्रीमा परिणत गराउन पुगेपछि आन्दोलनकारीहरूले आहृवान गरेको नेपालबन्दको क्रम बढेर गएको थियो र १९ दिने ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते निरंकुश राजा ज्ञानेन्द्र शाहलाई नेपाली जनताका सामु घुडा टेक्न बाध्य तुल्याएको थियो । यो ऐतिहासिक परिघटना र नेपाली जनताको विजयको विरासतको ठूलो अनुभव हामीसित जीवन्त नै छ ।
अहिले पनि नेकपा – माआवादीले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले साम्राज्यवाद तथा विस्तारवाद र तिनका नेपाली दलालहरूले तथाकथित दोश्रो संविधान सभा निर्वाचनको नौटंकी नाटक मञ्चन गरेर जुन नेपाललाई सिक्किमीकरणको दिशातिर अगाडि बढाइरहेका छन् र राष्ट्रिय स्वाधिनतालाई समाप्त पारेर नेपाललाई नयाँ सिक्किम बनाउन जसरी ज्यान फालेर लागेका छन् त्यसका विरुद्ध नेकपा – माओवादीले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले शुरुमा १० दिनको मात्र नेपालबन्द -आमहड्ताल) को आहृवान गरिएको छ । यसको अवधि झनै बढ्ने वा घट्ने भन्ने कुराको निर्माण नेपाल स्थित साम्राजयवादी तथा विस्तारवादीहरूका दलालहरू र तिनको कठपुतली सरकारले गर्ने छ । आन्दोलनकारी शक्तिहरूले जुन भाग अगाडि सारेर १०/१० दिनको नेपाल बन्दको आहृवान गरेका छन् ती माग र एजेण्डाहरूलाई समयमै पुरा गर्नेतिर दलालहरू र तिनको कठपुतली सरकार तयार भयो भने मुलुकले निकास पनि पाउने छ मुलुकको राजनीतिक वातावरण सहज ढंगले अगाडि बढ्ने छ । तर दलालहरूले ज्ञानेन्द्र शैलीमा दमनको नीति अपनाए स्वयत्त आतंक मच्चाए भने यो १० दिनको नेपाल बन्दको अवधि अरु अनिश्चित कालका लागि अघि बढ्ने र मुलुक भीषण गृहयुद्धको प्रक्रियाबाट अगाडि बढ्न सक्ने सम्भावना रहने छ । यसको निर्वारण पनि उनै दलालहरू र उनीहरूको कठपुतली खिलराज सरकारले नै गर्ने छ । दलालहरूले आन्दोलनकारी शक्तिले अगाडि सारेका जायज माग र एजेण्डाहरूलाई संशोधन गरेर माग पुरा गर्ने दिशा तीर अग्रसर भएर जनताको बीचमा आएर, सेफल्याण्ड हुने कि ज्ञानेन्द्र शाहको बाटो भएर पतनको खालटतिर जाने भन्ने कुराको निर्धारण पनि दलालहरूकै क्रियाकलाप र व्यवहारले मात्र गर्नेछ ।
दलालहरूको आफ्नो देश पनि हुँदैन । दलालहरूसित जनता पनि हुँदैनन् । केबल दलालहरूले त आफ्ना मालिकहरूले अह्राएको र खटनपन गराएको काम मात्रै गर्ने गर्दैछन् । किनकि दलालहरू अरौटे र भरौटेको दर्जा भित्र पर्दछन् । यसो भएर दलालहरूको देश र जनता प्रति कुनै माया पनि हुँदैन, कुनै जिम्मेवार पिनि हुँदैन । त्यसो भएर नेपालबन्दले के परिणाम ल्याएछ – अहिले नै अनुमानको भरमा निष्कर्षा पुग्न सकिदैन ।
जहाँ सम्म नेपालबन्द भनेको के हो – नेपाल बन्द किन गरिदै छ – यसलाई नेपाली जनताले कुन ढंगले हेदछन् भन्ने कुरा छ, यो ज्यादै महत्वपूण्ा प्रश्न हो । यसको जवाफ पनि सही र वैज्ञानिक तथा वस्तुवादी हुन जरुरी छ । नेपाल बन्द भनेको एक राजनीतिक कार्यक्रम बन्द, हडतालले जनताको दिन दैत्यको काम र व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने भएता पनि यो जनताको आफ्नै कार्यक्रम हो । नेपाल बन्द वा अन्य बन्दको सर्न्दर्भमा कुरा गर्नुपर्दा के कुरा बुझ्नु पर्ने हुन्छ भने शासक वर्गहरू निरंकुश र तानाशाह बन्दै गएको अवस्थामा शासक वर्गले सत्ताको आडमा जनताका पक्षधर राजनीतिक शक्तिहरूमाथि व्यापक कुदृष्टि लगाउन थाले भने आम जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीीदल वा शक्तिहरू देश र जनताको बारेमा आवाज उठाउँदा सम्म र सामान्य भाग र दबाब वा वार्ता र छलफलका आधारमा समाधान गर्ने वा समस्याहरूको हल गर्ने जस्ता बाटा र पद्धति तथा उपायहरू लत्याएर एक लौटी ढंगले अगाडि बढ्ने आट गर्ने मात्रै होइन जनदमनको निम्ति समेत निरंकुश, तानाशाही र फासीवादी चरित्र प्रदर्शन गर्दै देश र जनताका विरुद्ध, परिवर्तनका विरुद्ध खडा हुन पुग्यो भने त्यतिबेला विभिन्न आन्दोलन, विरोधलाई पनि सँगसँगै अगाडि बढाउँदै सिँगै देश नै बन्द गराएर साशक वर्ग र सत्ताधारिहरूलाई आन्दोलनकै माध्यमबाट जनतासीत झुक्न बाध्ये तुल्याउन र माग पूरा गरेर मुलुकको निकास निकाल्ने र त्यत्तिसम्म पनि गर्न तयार नभएमा सिँगै शासक वर्ग र सत्ताधारी वर्गलाई जनताको खुला बलबाट सत्ताच्यूत गरेर जनताको इच्छा बमोजिमको अर्थात् आन्दोलनकारी पक्षले अगाडि सारेका लक्ष्य उद्देश्यहरू पूरा गराउने उद्देश्यका साथ बन्द -आमहड्ताल) को आहृवान गरिन्छ ।
अहिले नेकपा – माओवादी र यसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले जुन १० दिने नेपाल बन्दको आहृवान गरेको यो एक्कासी गरिएको होइन । यो करीब १ डेढ वर्षपहिलेदेखि अर्थात् साम्राज्यवादी र विस्तारवादीहरूको निर्देशन र डिजाइनमा तिनका नेपाली दलालहरूले पहिलो संविधानसभाको अवसान गराएर कथित दोश्रो संविधान सभाको निर्वाचनको नौटंकी नाटक मञ्चन गर्न थाले पश्चात २०६९ असारमा पुनगर्ठित हुन पुगेको नेपाल – माओवादीले राष्ट्रिय संकट समाधानको निम्ति गोलमेच सभा, राष्ट्रिय संयुक्त सरकारको निर्माणको माग सहित सडकमा उत्रियो । दलालहरू यस एजेण्डमा नआएर २०६९ चैत्र १ गतेको जुन प्रतिगमनकारी र प्रतिक्रान्तिकारी कदम चाल्न पुगे त्यसपछि परिस्थिति झनै गम्भीर बन्न पुगेको र्सवविदितै छ । यसले नेकपा – माओवादीको नेतृत्वमा ३३ दलीय राजनीतिक मोर्चा बन्ने परिस्थिति निर्माण गर्यो ।
त्यसपछि साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र डिजाइनमा जसरी तसरी पनि मंसीर ४ गते नै कथित निर्वाचन सम्पन्न गर्नैपर्छ भन्ने शक्ति जो एमाओवादी काँग्रेस एमाले र मधेशी मोर्चाको चार दलीय सिण्डिकेट समेतको पश्चगामी एउटा कित्ता बन्न पुग्यो भने यथास्थितिमा वैदेशिक शक्तिहरूको ग्राण्ड डिजाइनमा घोषणा गरिएको कथित निर्वाचन गर्न हुँदैन, गोलमेच सभाद्वारा राष्ट्रिय सहमति निर्माण गरेर मात्र अगाडि बढ्नु पर्दछ भन्ने दोश्रो कित्ता जो अग्रगामी कित्ता निर्माण हुन पुग्यो ।
३३ दलीय राजनीतिक मोर्चाले सडक आन्दोलन गर्दासम्म पनि यथास्थितिवादी तथा पश्चगामी कित्ता तयार नभएपछि नेकपा -माओवादीले आफ्नो ऐतिहासिक पोखरा बैठकबाट कथित निर्वाचनलाई सशक्त र सक्रिय बहिष्कार गर्ने निर्ण्र्ाागर्यो । दलालहरूसीतको वार्ताको ढोका खुल्ला राख्यो । वार्ताबाट दलालहरू आफ्ना महाप्रभुहरको निर्देशनले निकाश दिन तयार भएनन् बरु नेपाली सेना परिचालन गरेरै भएपनि नेकप – माओवादीलाई दमन गरेर सिध्याएरै भए पनि कथित निर्वाचन सम्पन्न गर्ने निर्ण्र् पुगे र २०७० कार्तिक ३ गतेदेखि ६१९८० जना नेपाली सेनालाई व्यारेकबाट बाहिर निकाले देशव्यापी रुपमा नेपाली जनताका विरुद्ध परिचालन गरिएको पछि नेपाली जनता र राष्ट्रको रक्षार्थ नेकपा- माओवादी र यसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चा यही कार्तिक २५ गतेदेखि मंसीर ५ गतेसम्म जम्मा १ण् दिनको लामो नेपाल बन्दको घोषणा गर्न बाध्य भएको हो ।
मुलुकलाई सिक्किमीकरण गर्नका लागि नेपाली सेना समेत परिचालन गरेर मुलुकलाई गृहयुद्ध बनाउने, नेपाली जनतालाई तर्साई मनोवैज्ञानिक डर, त्रास, पैदा गर्ने आतंकित पार्ने षड्यन्त्रमा वैदेशिक शक्तिहरूको निर्देशनमा दलालहरू ज्यान फालेर अगाडि बढेपछि खास गरि देशलाई सदाका लागि द्वन्द्वबाट जोगाउन, नेपाललाई सिक्किमीकरण हुनबाट बचाउन, वैदेशिक शक्तिहरूको रिमोट कन्ट्रोल ध्वस्त पार्न, फाँसीवादी तानाशाहहरूको व्यवहारलाई ध्वस्त पार्न, स्वाधिन र स्वतन्त्र राज्य निर्माण गर्न, विदेशी हस्तक्षेपबाट देश र जनतालाई मुक्त गर्न, भारतीय एजेण्टहरूले तय गरेको देश बेच्ने लाइसेन्स लिने योजना खारेज गर्न लगायत जनताका जनवाद, जनतन्त्र, जनजीविका, बढ्दो महंगी, हत्या, हिंसा, प्रशासनिक दमन, धरपकड, झुठ्ठा मुद्दा आदिको खारेजी गर्न र्सवहारा साधारण नेपाली जनताको ज्यू धनको सुरक्षा गर्न, देशभक्त जनवादी, प्रगतिशील एवं राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरूलाई गोलबन्द गर्ने योजनाका साथ १० दिने नेपाल बन्दको आहृवान गरिएको छ । पहिलो सत्रको बन्दको घोषणा हो । यसले पनि साम्राज्यवादी र विस्तारवादीहरूको उक्साहटमा लागेका नेपाली दलालहरू सच्चिन र रुपान्तरण हुन तयार भएनन्, नेपाल बन्दको घोषणा अरु अनिश्चित बन्ने निश्चित छ । र रुसी क्रान्ति र चीनिया क्रान्तिको पर्ूव बेलामा त्यहाँका क्रान्तिकारी र जनताले नेपालमा नेपाली क्रान्तिको पूव बेलामा भीषण गृहयुद्ध लड्न नपर्ला भन्न सकिदैन । साम्राज्यवादी र विस्तारवादीका नेापली दलालहरू गृहयुद्ध निम्त्याउन तयार छन् । यसलाई रोक्नका लागि नेपालबन्दको आहृवान हो ।
दलालहरूको आफ्नो देश पनि हुँदैन । तिनीहरूसीत जनता पनि हुँदैनन् । दलालहरूले केबल साम्राज्यवादी तथा विस्तारवादीहरूको एजेण्ट बनेर उनीहरूकै आदेश र निर्देशनमा तथा उनीहरूकै खटनपटनमा काम गरिरहेका छन् । त्यसो भएर दलालहरूले देश र जनताको माया पनि गर्नु पर्दैन र राष्ट्रको संरषण गर्नुपर्दैन । बरु महाप्रभुहरूले चाहेको बेला सिँगै राष्ट्र नै उनीहरूलाई सुम्पिदिनु पर्ने हुन्छ । जस्तो भारतीय विस्तारवादको दलाल लेण्डुप दोर्जेले स्वतन्त्र सिक्किमलाई भारतमा गाभी दिएर आफ्नो इमान्दार नाकेर र बफादार चाकरको कर्तव्य पूरा गरेको थियो ।
अहिले नेपाल स्थित साम्राज्यवाद र भारतीय विस्तारवादका नयाँ दलाल तथा वफादार नोकर एवं चाकरहरू मंसीर ४ गते तथाकथित दोश्रो संविधान सभा निवाृचनको नौटंकी नाटक मञ्चन गरिरहेका छन् र यस निर्वाचनलाई जसरी तसरी पनि सम्पन्न गराएरै छाड्ने ढ्वाङ फुकिरहेका छन् । तर यी दलालहरूले कथत निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्न सक्ने छैनन् । किनभने दलालहरूसीत जनताको साथ र ताकत हुँदैन । केबल उनीहरू साम्राज्यवादी तथा विस्तारवादीहरूले फ्याकिदिएको चारो र भत्ता खाएर जीवन गुजारा गरेका हुन्छन् । त्यसैले उनीहरूलाई साम्राज्यवादी र विस्तारवादीहरूका भतुवा नोकर पनि भन्ने गरिन्छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टीाओवादी र उसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चा यस कथित निर्वाचनका विपक्षम छ । कथित निर्वाचनलाई सशक्त र सक्रिय बहिष्कार गर्ने निर्ण्र्ाार घोषणाका साथ सडक आन्दोलन चर्काउँदै आएको यस राजनीतिक मोर्चासीत लाखौं जनताको र्समर्थन रहेको छ । १ करोड, २१ लाख, ४७ हजार मतदाता रहेको यस कथित निर्वाचनमा स्वाभिमानी तथा राष्ट्रिय स्वाधिनता पक्षधर लाखौं नेपाली जनताले सक्रिय र सशक्त रुपमा कथित निर्वाचनलाई बहिस्कार गर्ने छन् । किनकि जनता कहिल्यै पनि मुलुकको अस्मिता र स्वाधिनतालाई बेचेर खाने राष्ट्र घाती देशद्रोही गद्धारहरूका पछाडि लाग्दैनन बरु बहादुरिपूण्ा ढंगले इमान्दार भएर भीषण राष्ट्रिय युद्ध लड्न तयार हुन्छन् र लड्दै पनि आएका छन् ।
देशभक्त, राष्ट्रवादी जनवादी तथा गणतन्त्रवादी एवं कुनैपनि प्रगतिशील जनता, व्यक्ति र शक्तिहरू यस साम्राज्यवादीहरू र विस्तारवादीहरको निर्देशन र ग्राण्ड डिजाइनमा हुन गइरहेको कथित निर्वाचनमा भाग लिने छैनन् र सशक्त र सक्रियले रुपले बहिस्कार गरेर आफ्नो स्वाभिमानलाई बचाई राख्ने छन् । नेकपा – माओवादीले जुन ऐतिहासिक पोखरा बैठकबाट कथित निर्वाचनलाई सशक्त र सक्रिय रुपमा बहिष्कार गरेर धवस्तै पार्ने दलालहरूलाई नाङ्गेझार पार्ने निर्ण्र्ाागरेपश्चात ३३ दलीय राजनीतिक योजनाले पनि यसलाई आत्मसाथ गर्यो र सडक संर्घष्ालाई अरु चर्काउने निर्ण्र्ाागरे व्यापक जनताको आकर्षा यस बहिष्कार प्रति बढ्दै गयो । नेकपा माओवादीले घोेषणा गरेको कथित निर्वाचनको बहिष्कारको समस्या र स्वदेशमा मात्रै होइन संसारमै फैलिन पुग्यो । यसले साम्राज्यवादी तथा विस्तारवादीहरूको क्याम्पमा ९ रेक्टर स्केलको भुकम्प गयो । यसबाट अत्तालिएका आत्तिएका र त्रसित भएका साम्राज्यवादी तथा विस्तारवादीहरू र तीनका नेपाली दलालहरू नेपाली सेनालाई देशव्यापी रुपमा परिचालन गरेरै भएपनि कथित निर्वाचन गराइएरै छोड्ने निस्कर्षा पुगे । र नेपालका क्रान्तिकारी माओवदीहरूका विरुद्ध, देशभक्त, जनवादी, गणतन्त्रवादी तथा प्रगतिशील जनता र शक्तिका विरुद्ध २०७० कार्तिक ३ गतेदेखि ६१९८० जना नेपाली सेनालाई देशव्यापी रुपमा परिचालन गरेर नेपाली जनतालाई आतंकित पार्ने तर्साउने, भगाउने त्रासको मनोवैज्ञानिक वातावरण तयार पार्ने योजनाका साथ नेपालीसँग देशव्यापी रुपमा परिचालन गर्न पुगे । त्यसमा सशस्त्र, जनपद र म्यादी प्रहरी गरि करीब अढाइ लाख सुरक्षा फौज नेपाली जनताका विरुद्ध, क्रान्तिकारी माओवादीहरका विरुद्ध देशव्यापी रुपमा परिचालन गरिएको छ र खरबौं राष्ट्रिय ढुकुटीमाथि ब्रहृमलुट मच्चाइएको छ ।
नेपाली जनतादेखि डराएर दलालहरूले यति ठूलो संख्यामा सशस्त्र फौज देशव्यापी रुपमा परिचालन गरेको यो पहिलो घटना हो । नेपाल यति बेला पुरै सैनिकीकरणमा परिणत भएको छ । दलालहरूले बाहेक कथित निर्वाचनका पक्षधर राजनीतिक शक्तिहरूले र आम क्रान्तिकारी जनताको संगठित रुपमा भेला हुने -विरोध) प्रदर्शन गर्ने सबैखाले प्रजातान्त्रिक मौलिक हक अधिकारहरूमाथि, बन्दुकका बलमा प्रतिबन्ध लगायएको छ र जनतामाथि जथाभावी विनाकारण धरपकड गर्ने, झुठा मुद्दा लगाउने जेल चलान गर्ने अभियाननै दलालहरूले चलाइरहेका छन् ।
महान दश वर्षो जनयुद्धको बेला जनयुद्ध संचालन गरिरहेको माओवादीका नेताहरको टाउकोको मुल्य तोक्नेहरू र टाउको बचाउन नसक्ने ठहरमा पुगेर उनीहरूका सामु आत्मर्समर्पण गर्न पुगेका नव संशोधनवादी एउटा गद्धार तप्का त्यस प्रतिक्रियावादी क्याम्पमा सामेल हुन पुगेपछि अहिले सबै खाले नयाँ, पुराना दललहरूको मनोबल बढेको छ । उनीहरूलाई नेपाली जनता विरुद्ध, नेपाली राष्ट्रका विरुद्ध योजना बनाउन र आफ्ना महाप्रभुहरूलाई खुसी तुल्याउन सजिलो भएको छ ।
जतिसुकै फुत लगाएपनि जतिसुकै धाक, धम्की र रवाफ देखाएता पनि जति चुरीफुरी गरे पनि यी दलालहरूले जनताका बीचमा हार स्वीकार गरिसकेका छन् । पराजयको अनुभूति गरिसकेका छन् । उनीहरू अहिलेसम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ भनेर ढुक्क बनिरहेका छन् । निकै अत्तालिएर, आत्तिएर खुलेआम रुपमा साम्राज्यवादी र विस्तारवादीहरूसमक्ष हारगुहार माग्न पुगेका छन् । त्यसकै परिणामका रुपमा २३ वटा साम्राज्यवादी तथा विस्तारवादीहरू राष्ट्रका नेपाल स्थित राजदूतहरूले संयुक्त वक्तव्य निकालेर नेकपा – माओवादीले ३३ दलीय राजनीतिक मोर्चाले नेपाल बन्दको आहृवान गर्न गैर कानूनी हो भन्न लज्जास्पद वक्तव्य दिएर विश्वकै सामु नराम्ररी नांगीन पुगेका छन् । अब दलालहरू नेपालको कानून पढाउने र सिकाउने पनि साम्राज्यवादी र विस्तारवादी हुन पुगेका छन् । नेपालमा कानूनविदहरूसम्म नपाएर दलालहरू वैदेशिक शक्तिहरूलाई हार गुहार गर्न पुगेका छन् । यो भन्दा लाजमर्दो कुरा अरुकै हुनसक्छ र !
ती तमाम प्रकारका क्रियाकलापहरूले के प्रमाणित गर्दछु भने दलालहरूले निर्वाचन पूव नै हारिसकेका छन् र कुने हालतमा कथित संविधान सभा निर्वाचन सम्पन्न गर्न सक्ने वाला छैनन् । राजनीतिक रुपले दलालहरूले हारिसकेका छन् । वैचारिक रुपले दलालहरूले हारि सकेका छन् । इजत, इमान र विश्वासका आधारमा दलालहर नराम्ररी पराजीत भइसकेका छन् ।
ज्ञानेन्द्र शैलीमा गराइने चुनावको कुनै अर्थ र औचित्य छैन । सेनाको घेरा र बन्दुकको नालले गराउने निर्वाचनले र तयसबाट गठन गरिएको कथित संविधान सभाले जनताको संविधान, नेपाल राष्ट्रको संविधान बन्ने र बनाउने कुरै भएन । यस स्थितिमा दलालहरूको नेपाललाई सिक्किमीकरण गर्ने योजना पनि चक्नाचुर बन्ने कुरा निश्चित छ । नेपाली जनताले दलालहरूलार्य कुनै पनि हालतमा नेपाललाई सिक्किमीकरण गर्न र गराउन कताबी दिने छैनन् । सेनाको घेराभित्रबाट, सेनाको संगीन र गोलीको पर्ररात्रबाट यदि दलालहरूले संविधानको घोषणा गर्न पुगे छन् भने पनि त्यस संविधानलार्य नेपाली जनताले तुरुन्तै जलाएर खरानी पारि दिने छन् र च्यातेर धुजा धुजा पारेर सडक बाटै आफ्नो संविधान बनाई छाड्ने छन् । नेपाली जनताले आफ्नो क्रान्तिकारी इतिहासको निर्माण गरि छाड्ने छन् । त्यसैले दलालहरूले कुनै पनि हालतमा कथित निर्वाचन गराउन सक्ने छैन । कथित संविधान पनि बनाउन सक्ने छन् । किनभने दलालहरूको आफ्नो भन्ने देश पनि हुँदैन र आफ्नो भन्नु जनता पनि हुँदैन । देश र जनता समेत नभएकाले के को निर्वाचन नगराउने र के को संविधान बनाउने । दलालहरूका आफ्ना मालिक र महाप्रभुहरको सेवा चाकरी गर्ने र सेवा गर्ने बाहेक अर्को कर्तव्य हुने छैन र हुँदैन पनि । यि माथि उल्लेखित समस्याहरूकेा समाधान गर्नको निम्ति नै नेपाल बन्दको आहृवान गरिएको हो ।

प्रतिक्रियाहरु