चुनाव स्थगित गरौं: किरण

२०७० कार्तिक १२ गते, मंगलवार

काठमाडौं, १२ कात्तिक । नेकपा–माओवादीले निर्वाचन प्रक्रिया स्थगित गरी वार्तामार्फत राजनीतिक निकास खोज्न सरकार र चार दललाई विशेष आग्रह गरेको छ । सरकार र राजनीतिक दलहरु चुनावको अन्तिम तयारीमा जुटिरहेका बेला माओवादीले भने चुनावी प्रक्रिया स्थगित गर्न माग गरेको हो ।
माओवादी अध्यक्ष मोहन बैद्य किरणले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हामी अझैपनि समय छदै गम्भीर बन्न र राष्ट्रिय सहमति विना हुन गइरहेको संविधान सभाको दोस्रो “निर्वाचन”लाई स्थगन गरी ३३ राजनीतिक दलहरुको मोर्चाद्वारा प्रस्तुत सर्वपक्षीय गोलमेच सभा लगायतको प्रस्तावलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गर्दछौं ।’आफूसहित ३३ दलीय राजनीतिक मोर्चालाई पृथक राखेर हुन लागेको चुनावको कुनै अर्थ नभएको र यसले संविधान र शान्ति दिनुको सट्टा अर्को द्वन्द्व निम्त्याउने माओवादीको दावी छ ।चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय भएपनि सरकारले बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र मुद्दा लगाउने काम गरेको भन्दै बैद्यले भत्र्सना गर्नु भएको छ । माओवादीले गिरफ्तार गरिएका सबैलाई विनाशर्त रिहा गर्न जोडदार माग गरेको छ ।
माओवादी अध्यक्ष मोहन बैद्य किरणले मंगलबार जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार छ – “मुलुक यतिबेला राजनीतिक दृष्टिले अत्यन्तै संवेदनशील संक्रमणकालीन तथा राष्ट्रिय सङ्कटको अवस्थामा छ । संविधानसभाको निर्वाचन शान्ति प्रक्रियाको एउटा प्रमुख अङ्ग हो । महान् जनयुद्धमा संलग्न माओवादी शक्तिको एउटा मूल हिस्सालगायत ३३ दलीय राजनीतिक मोर्चालाई पृथक राखेर हुन गइरहेको संविधान सभाको दोस्रो कथित निर्वाचनको कुनै अर्थ तथा औचित्य छैन र यसबाट जनताको संविधान पनि बन्न सक्तैन । जनताको संविधान नबन्ने र शान्ति प्रक्रियालाई पूरा गर्न नसक्ने मात्र होइन, उल्टो अर्को द्वन्द्व समेत निम्त्याउन खोजिदै छ । अतः राजनीतिक शक्तिहरुका बीचमा वार्ता र संवादमार्फ् गोलमेच सभा गरी परिणाममुखी राजनीतिक निकास निकाल्नका लागि हामीले अत्यन्तै लचकता र गम्भीरताका साथ चार बुँदे प्रस्ताव राख्यौं । परन्तु, चार दलका नेताहरुले त्यसलाई अस्वीकार गरे र वार्ता समेत भङ्ग गरे । त्यस स्थितिमा हाम्रा सामु बहिष्कारमा जानुको विकल्प रहेन र हामी अहिले यस निर्वाचनको बहिष्कार आन्दोलनमा संलग्न रही आएका छौं ।
चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय हो । परन्तु, सरकारद्वारा देशका विभिन्न भागहरुमा बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र मुद्दा लगाउने जस्ता क्रियाकलापहरु गरिरहेका छन् । हामी यस प्रकारको दमनकारी नीतिको तीव्र विरोध तथा भर्त्सना गर्दछौं र गिरफ्तार गरिएका सबैलाई विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं ।
त्यसका साथै देश र जनताप्रति जिम्मेवार राजनीतिक पार्टर्ीी नाताले हामी अझैपनि समय छदै गम्भीर बन्न र राष्ट्रिय सहमति विना हुन गइरहेको संविधान सभाको दोस्रो “निर्वाचन”लाई स्थगन गरी ३३ राजनीतिक दलहरुको मोर्चाद्वारा प्रस्तुत र्सवपक्षीय गोलमेच सभा लगायतको प्रस्तावलाई गम्भीरतापर्ूवक लिई वार्तामार्फ् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गर्दछौं । साथै, यसबारे आवश्यक पहल गर्नका लागि अन्य राजनीतिक दल, नागरिक समाज र बौद्धिक व्यक्तित्वहरुसित समेत हामी हार्दिक अपिल गर्दछौं । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु