राष्ट्रपति र मन्त्रीहरुलाई बहिष्कार गर्ने ३४ दलको निर्णयराष्ट्रपति र मन्त्रीहरुलाई बहिष्कार गर्ने ३४ दलको निर्णय

२०६९ चैत्र २ गते, शुक्रबार

काठमाडौं । नेकपा-माओवादीसहितका ३४ दलले राष्ट्रपति, अन्तरिम चुनावी मपन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।माओवादीको अगुवाईमा बसेको ३४ दलको बैठकले राष्ट्रपति डा. रामवरण यादव, अन्तरिम चुनावी मपन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र मन्त्रीहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ। बैठकले प्रमुख चार दलका शीर्ष नेताहरुको देशव्यापी भण्डाफोर गर्ने, ४ गते देशभर विरोधसभा गर्ने, ५ गते पूर्व सभासद तथा ६ गते कानुन व्यवसायी र अधिकारकर्मीहरुसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।यसैबीच नेकपा-माओवादीसहितका साना दलहरुले चार दलबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशको प्रति जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।रत्नपार्कको शान्तिबाटिकामा ११ र २५ बुँदे जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्दा सामान्य झडप भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु