आज महाशिवरात्रिआज महाशिवरात्रि

२०६९ फाल्गुन २७ गते, आईतवार

काठमाडौ । , आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर मनाइँदैछ ।
‘महाशिवरात्रि’ कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु