प्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलन : बिप्लवप्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलन : बिप्लव

२०६९ फाल्गुन २१ गते, सोमबार


काठमान्डौ । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द बिप्लवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन । उनले अन्य दललाई बाइपास गरी प्रमुख चार दलले एकलौटी निर्णय गरेर प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाए मुलुकमा भयाबह स्थिति उत्पन्न हुने वताए । बिप्लवले प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन भए आन्दोलनको आधिवेहरी सुरु हुने वताए । उनले मुलुकमा जारी संकट समाधानका लागि भन्दै गैरराजनीतिक व्यक्तिलाई सरकार प्रमुख बनाउने काम विदेशीको इशारामा भइरहेको आरोप लगाए । बिप्लवले आफ्नो पार्टी दलहरुभित्रैवाट चुनावी सरकार गठन गर्नु पर्नेमा पक्षमा रहेको जनाउदै नेपाली काँग्रेसले राजनीतिक सहमतिका लागि पहल कदमी लिन नसकेको वताए । बिप्लवले प्रजातान्त्रिक शक्तिहरुको नेतृत्व गर्ने काँग्रेसले क्रान्तिकारी शक्तिहरुसंग सहकार्य गरेर अघि बढ्नका लागि कुनै भिजन ल्याउन नसकेको टिप्पणी गरे । उनले एमाओवादीले काँग्रेसलाई भुलभुलैयामा पारिसकेको वताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु