माओवादीले ‘लाल मजदुर अभियान’ मार्फत जनकारवाही थाल्ने माओवादीले ‘लाल मजदुर अभियान’ मार्फत जनकारवाही थाल्ने

२०६९ फाल्गुन १७ गते, बिहीबार

काठमाडौं, नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले ‘लाल मजदुर राष्ट्रिय जागरण अभियान’ मार्फत दलाल, घुसखोरी, भ्रष्टाचारी, कमिशनखोर, कालाबजारियाको भण्डाफोर तथा जनकारवाही गर्ने निर्णय गरेको छ ।

बुधबार र बिहीबार दुई दिनसम्म चलेको महासंघको सचिवालयको दोश्रो पूर्ण बैठकले आउँदो चैत्र १ गतेदेखि थाल्ने सो अभियानको मुल नारा ‘राष्ट्रिय स्वाधिनता र मजदुर अधिकारका लागि जुझारु आन्दोलन, संगठन सुदृढीकरण र विस्तारको लागि लाल मजदुर अभियान’ तय गरेको छ । सो पार्टीको गत सातौं महाधिवेशनमा पारित ‘जनयुद्धको जगमा जनविद्रोह’ कार्यदिशालाई बल पुग्ने गरी पार्टीको भातृ संगठनले ल्याएको सो अभियानले मजदुर क्षेत्रमा आन्दोलनको ठूलो प्रभाव बढ्ने अपेक्षा उसले गरेको छ ।

महासंघका संयोजक रामदिप आचार्यको अध्यक्षता, र नेकपा–माओवादी महासचिव क. बादलको प्रमुख आतिथ्यतामा सम्पन्न सो बैठकले अभियानार्फत मजदुरहरुको न्युनतम ज्याला महंगीको अनुपातमा बृद्धि नगरे सशक्त आन्दोलन गर्ने जनाएको छ । बैठकले मजदुरका राजनीतिक, आर्थिक र पेशागत समस्याहरुलाई सुत्रवद्ध गरी अधिकार–पत्र विशाल मजदुर र्यालीका साथ चैत्र १ गते श्रम मन्त्रालयमा बुझाउने निर्णय पनि गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न संयोजक आचार्यद्धारा विहिबार जारी विज्ञप्तिमा पार्टी, अन्य जनवर्गीय संगठन र मोर्चाले ल्याएका सम्पूर्ण संघर्षका कार्यक्रमलाई कार्यान्वयन गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

नेकपा–माओवादी केन्द्रीय सदस्य तथा मजदुर फ्याक्र्सन इन्चार्ज दिनेश शर्माको पनि विशेष उपस्थिति रहेको बैठकले महासंघ अन्तर्गत रहेका पेशागत संघहरुले न्युनतम ५ लाख ६६ हजार सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । पार्टी, अन्य जनवर्गीय संगठन र मोर्चाले ल्याएका सम्पूर्ण संघर्षका कार्यक्रमलाई कार्यान्वयन गर्ने निर्णय गर्दै बैठकले समग्र कामलाई समेटेर संयोजक आचार्यद्धारा प्रस्तुत गरिएको ‘अभियान कार्यनिर्देशिका’ छलफलपश्चात सुझावसहित पारित गरिएको छ ।

६ बुँदे निर्णयसहित समापन भएको बैठकमा देशभरबाट आएका राज्य संयोजकहरु, सबै सचिवालय सदस्यहरु र पेशागत संगठनका अध्यक्ष÷संयोजकहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ राखेका थिए । एमाओवादीबाट विद्रोह गरी पार्टीमा समाहित भएका नेताहरुको कार्यक्षमता र विगतको योगदानलाई मूल्यांकन गरी बैज्ञानिक रुपले जिम्मेवारी दिने निर्णय पनि सो बैठकले गरेको छ । साथै पार्टी केन्द्रीय सदस्य दिनेश शर्मा इन्चार्ज भएको फ्याक्र्सन कमिटी बनाइएको छ । जसमा रामदिप आचार्य, सोनालाल शाह, योगेन्द्र कुमाल, हेम कार्की र शसक्तशरण गोले छन् ।

यसैगरी फ्याक्र्सन कमिटीका सदस्यहरुको कार्यविभाजन अनुसार पूर्वाञ्चल व्यूरोमा हेम कार्की, मध्यामाञ्चल व्यूरोमा सोनालाल साह र शसक्तशरण गोले ‘अभिषेक’ मध्येपश्चिम व्यूरोमा योगेन्द्र कुमाल र पश्चिम व्यूरोमा कार्यालयले निर्धारण गर्ने भनिएको छ । कार्यालयको इन्चार्जमा इश्वर तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ भने महासंघको नेवाः राज्य संयोजकमा शालिकराम काफ्लेलाई जिम्मा दिइएको छ । एमाओवादीबाट विद्रोह गरी नेकपा–माओवादी संगठनमा प्रवेश गरेका संगम लिम्बु र अमृत पुरीलाई सचिवालयमा अनुमोदन गरिएको छ ।

साथै विभिन्न समयमा विद्रोहको लहर चलिरहेको बेला विभिन्न पेशागत क्षेत्रबाट विद्रोह गरी आएका सेक्युरिटीबाट उमा दाहाल र कुमार शिवाकोटीलगायत, होटलबाट होम सुवेदीलगायत, उद्योगबाट सागर राईलगायत, यातायातबाट संगम लिम्बुलगायत, घरेलु श्रमिकबाट राम सुवेदीलगायत, गलैचाबाट महेश तामाङलगायतलाई सम्बन्धित पेशा र राज्यसँग समन्वय गरी ठोस जिम्मेवारी दिने निर्णय भएको आचार्यले बताए । बैठकले मजदुर क्षेत्रमा रहेका युवाहरुलाई संगठित र जुझारु ढंगले परिचालित गर्न तेज दोङ उर्जालाई जिम्मेवारी दिइएको छ भने खेलकुद विभाग हेर्ने जिम्मा शालिकराम काफ्लेलाई दिएको छ ।

यसैबीच नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले नेपाली क्रान्ति अब निर्णायक ठाउँमा आइपुगेको बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको बुधबारदेखि शुरु भएको सचिवालयको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव बादलले त्यसका लागि ट्रेड यूनियन महासंघले तयारी पनि निर्णायक गर्नुपर्ने धारणा राखे । आत्मगत स्थितिमा धेरै परिर्वतन आएको र बस्तुगत परिस्थिति पनि प्रतिकुल बन्दै गएकाले निर्णायक क्रान्ति संनिकट आएको उनको कथन थियो ।

‘एकातिर प्रतिक्रियावादी र दलाल पुँजीपति वर्गमा चरम संकट छ, दलाल सरकारमा पनि त्यही खालको संकट चुलिएको छ,’ बादलले भने, ‘सबैका आकांक्षाहरु बढेका छन्, महिला, किसान, मजदुर, उत्पीडित क्षेत्र र समुदायमा चेतनास्तर बढेको छ, यसले क्रान्तिको माग गरेको छ, त्यसको पूर्ति हामीले गर्नुपर्छ ।’
अब हुने क्रान्तिका लागि मजदुर क्षेत्र अग्रमोर्चामा भएकाले अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको भूमिका पनि निर्णायक हुने महासचिवको धारणा थियो । ०५२ सालमा जनयुद्ध थाल्दाको भन्दा अहिले क्रान्तिको मनोविज्ञान धेरै गुणा बढेकाले क्रान्तिको निर्णायक घडीको नेतृत्व गर्ने जिम्मा इतिहासले फेरि आप्mनो पार्टीलाई दिएको बादलको भनाई थियो ।

मजदुर फ्य्राक्सन इन्चार्ज दिनेश शर्मा सागरले नेपाली मजदुर आन्दोलनका आगामी कार्यभारबारे आफ्ना धारणा राख्दै नेपाली मजदुर आन्दोलनलाई अझ विकसित गर्न अर्थवाद, ट्रेड यूनियनवादसँगको लडाईलाई पनि त्यही स्तरमा उठाउनुपर्ने बताए । ‘मजदुर आन्दोलनमा अत्यन्तै खत्तरनाक तवरबाट विकसित बन्दै गएको ट्रेड यूनियनवाद, अर्थवाद र दलालीकरणका विरुद्ध निर्मम संघर्षको आवश्यकता छ । नेपाली मजदुर आन्दोलनलाई निष्कर्षमा पुयाउन इमान्दार स्वच्छ मजदुर नेताहरुको टीम बनाउन जरुरी छ, शर्माको भनाई थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक आचार्यले बैठकमा दुई पृष्ठको ‘अभियान कार्यनिर्देशिका’ प्रस्तुत गर्दै नेपालको अर्थतन्त्र परनिर्भर हुँदै गएकोले राष्ट्रिय स्वाधिनताको आन्दोलनले मात्र दलाल तथा नोकरशाही पुँजीवादलाई परास्त गर्ने र राष्ट्रिय स्वाधिन अर्थतन्त्रको विकास गर्नुपर्ने बताए । नेपाली मजदुरहरु सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको शोषण, दमन र उत्पीडनको चपेटामा परिरहेको उल्लेख गर्दै आचार्यले यी तिनवटै जनविरोधी शक्ति केन्द्रहरुले नेपालमा औद्योगिकरण हुन नदिएर स्वतन्त्र ढंगले श्रम शक्ति उत्पादनमुलक काममा लाग्न नदिएर समाज विकासको गति अवरुद्ध हुन पुगेको उनको भनाई थियो । नेपाली मजदुर आन्दोलनको चरित्र, मजदुर आन्दोलनका समस्याबारे स्पष्ट गर्दै आचार्यले सर्वहारावर्गीय क्रान्तिकारी मजदुर आन्दोलनको विकास अनिवार्य भएको बताए

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु