नेपाल–भारत गृहसचिवस्तरीय बैठक चैत १ देखिनेपाल–भारत गृहसचिवस्तरीय बैठक चैत १ देखि

२०६९ फाल्गुन १६ गते, बुधबार

काठमाडौ, – नेपाल–भारत गृहसचिवस्तरीय बैठक आगामी चैत १ र २ गते हुने भएको छ ।बैठकमा अन्तरसीमा अपराध नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन, आपराधिक समूहका गतिविधिको निगरानीसम्बन्धी सूचना आदानप्रदानबारे विचारविमर्श हुने बताइएको छ । विगतका बैठकमा भएका सहमतिको समीक्षा, प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण, गृह मन्त्रालय र मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको क्षमता अभिवृद्धिलगायत आपसी हित र चासोका विषयमा पनि बैठकमा छलफल हुने गृहसचिव नवीनकुमार घिमिरेले जानकारी दिए ।सो बैठकमा भागलिन सत्र सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतका केन्द्रीय गृहसचिव आरके सिंह यही फागुन ३० गते यहाँ आउने भएका छन् ।बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, परराष्ट्र, गृह मन्त्रालयका वरिष्ठ अधिकृतका साथै प्रहरी महानिरीक्षकहरू सहभागी हुने सचिव घिमिरेले जानकारी दिए ।यसअघि उक्त बैठक नयाँदिल्लीमा भएको थियो । द्विपक्षीय शान्तिसुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै मुलुकबीच सहसचिवस्तरमा पनि एक संयन्त्र स्थापना भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु