प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउनु हुँदैन: बारप्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउनु हुँदैन: बार

२०६९ फाल्गुन ११ गते, शुक्रबार

काठमाण्डौ । चुनावी सरकार गठनका विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित प्रमुख चार दलका नेताहरुसंग शुक्रवार सिंहदरबारमा भएको छलफलमा नेपाल बार एशोशिएसनका पदाधिकारीहरुले बहालवाल प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने सुझाव दिएका छन् । उनीहरुले रेग्मीको नेतृत्वमा सरकार गठन भए त्यसलाई स्वीकार नगर्ने समेत वताएका छन् ।बारका पदाधिकारहीहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि दलहरुले गरेको प्रयासवारे प्रधानमन्त्री भट्टराईसहित प्रमुख चार दलका नेताहरुसंग छलफल गरेका हुन् । बारका पदाधिकारीहरुले यसअघि पनि बहालबाला प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने बताउँदै आएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु