अखिल क्रान्तिकारीका नेता सिंह पक्राउ

२०७३ मंसिर १९ गते, आईतवार

काठमाडौ, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय सल्यानले अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गणेशमान सिंहलाई गए राती पक्राउ गरेको छ ।नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सिंहलाई बिना प्रसंग उनको कृयाकलाप केहि संकाशपद भएको हुनाले अनुसन्धानका लागि पक्राउ गरिएको बताएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको बताइएको छ । उनकाे विनाकारण गिरफ्तार गरिएकाे भन्दै अखिल क्रान्तिकारीले त्यसकाे बिराेध जनाएकाे छ ।
यस बिषयमा अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णसिंहले भने– ‘विनाकारण घरमा सुतिरहेको अवस्थामा नागरिकको अपहरणको शैलिमा गरिएको गिरफ्तारीको हाम्रो संगठन घोर निन्दा गर्दछ । उहाँको विना शर्त रिहाईको माग गर्दछौ । निहाइ नगरे हामी संर्घषको कार्यक्रम गर्न बाध्य हुनेछौ ।’
अखिल क्रान्तिकारीका महासचिव दिपेनद्र चलाउनेले राज्यले नागरिकको सुरक्षा दिनुपर्नेमा विना कारण पक्राउ गरेर मुलुकमा युद्ध चाहेको भन्दै आक्रोश पोखे ।
उनले भने –‘हिजो साँझ सल्यान जिल्ला गाउँ परिसदको बैठक सकेर उहाँ घर फकिनु भयो र खाना खाएर सुतिराखेको अवस्थामा विना जानकारी उहाँको गिरफ्तार गरियो । यो कस्तो कानुनी राज्य हो ? राज्य बाटै नागरिक असुरक्षित हुनु पर्ने ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु