हातमा दही जमाएर बस्दैनौं : प्रकाण्ड

२०७१ मंसिर २६ गते, शुक्रबार

काठमाडौं ।नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले संसदवादी दलहरुले आफ्नो पार्टीको कुरा नसुने क्रान्तिकारी बाटो रोज्ने चेतावनी दिए । संसदवादी दलहरुसँग १२ बुँदे समझदारी गरेर माओवादी शान्ति प्रक्रियामा आएको प्रशंग जोड्दै विकले विगतका समझदारी अनुसार कामगर्न सरकारलाई आग्रह गरे ।नेकपा माओवादी दोलखाको गठनका सिलसिलामा चरिकोट आइपुगेका विकले पत्रकार सम्मेलन गरी १० वर्षे जनयुद्धको मर्मत पार्टीहरुले छाडेकाले आफूहरु अगल भएर पार्टी पुर्नगठन गरेको दाबी गरे । “हामी जंगल जाने भए, जंगलबाटै आउँदैन थियौं” उनले भने “तर शान्ति प्रक्रिया धरापमा पर्ने स्थिति भए हामी हातमा दही जमाएर बस्दैनौं ।” “१० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्म मर्न नदिन हामीले संसदवादी दलहरुलाई आग्रह गरेका छौं ।” उनले भने । विगतका आन्दोलनका मर्म मर्ने स्थिति भएमा र जनताको संविधान नबन्ने स्थिति भएक्रान्तिकारी बाटो रोज्ने भन्दै विगतकै जस्तो हतियारै उठाउने संकेत गरे । उनले वर्तमान संविधान सभाबाट जनताको संविधान नबने ठोकुवा गर्दै वृहत राष्ट्रिय राजनैतिक सभा गठनका लागि आह्व्हान गरे । “संविधान सभाबाट संविधानबन्ने भएपहिलो संविधान सभाबाटै बन्थ्यो” उनले भने “पहिवान पनि २\४ जना नेताबीचमा सहमतिको प्रयास गरेर संविधान नबनेको हो, अहिले पनि उही नेताहरु बीच कसरी सहमति हुन्छ ।” संविधानसभा प्रतिक्रियावादीहरुको कब्जामा गएकाले संविधान बने पनि २०५२ अघिको अवस्था आउने उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु