साहित्यीक दौड सुरु गरेका साहित्यकारलाई सम्मान

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ , ११ असोज । नेपालमै पहिलो पटक एक साहित्यकारले मेचीमहाकाली साहित्यीक दौड सुरु गरेका छन् । काभ्रेपलाञ्चोकका साहित्यकार लक्ष्मण सापकोटा अहिले मेचीमहाकाली यात्रामा छन् । उनले असोज १ गतेदेखि काकडभित्तत्राबाट यात्रा सुरु गरेका थिए । देशमा साहित्यीक चेतना फैलाउने उद्धेश्यले यात्रा थालेको साहित्यकार घिमिरेले बताए । आज बुटवलमा आएका उनलाई बुटवल उपमहानगरपालिकासहित यहा क्रियाशील ९ वटा साहित्यीक संघसस्थाले सम्मान गरे ।
सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले साहित्यीक चेतना फैलाउन आयोजीत उनको साहित्यीक दौडको प्रशंशा गरे । साहित्यकार देवेन्द्र घिमिरेको अध्यक्षता रहेको सम्मान कार्यक्रमको संचालन दिपक ज्ञवालीले गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का ,साहित्यकार अर्जुन ज्ञवाली, जंगबहादुर शाह, राजेन्द्रप्रसाद आचार्य, ऋषि आजाद,दलबहादुर गुरुड., खुमा तरामु मगर लगायतले सफलताको कामना गरेका थिए । अहिलेसम्म ५ सय ९६ किलोमिटर साहित्यीक दौड गरेका सापकोटाले असोज १८ गते आफ्नो दौड महाकालीमा पुगेर सम्पन्न गर्नेछन् । दौडपछि उनले २०७४ बैशाखमा सगरमाथामा साहित्यीक आरोहण गर्ने योजना बनाएका छन् । सगरमाथा आरोहरणमा उनले कविता वाचन गर्ने र प्रथम साहित्यकार सगरमाथा आरोही बन्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रियाहरु