सामसुङको ग्यालेक्सी ट्याब ई सार्वजनिक

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । कम्पनिले मध्य (मिड) रेञ्जको ग्यालेक्सी ट्याब ई सार्वजनिक गरेको हो । यो एण्ड्रोइड सञ्चालन प्रणालीमा आधारित ट्याब्लेट हो । ग्यालेक्सी ट्याब ईमा भ्वाइस कलिङ, क्यामरा, किड मोडलगायत सुविधा उपलब्ध छ । नयाँ ट्याब्लेटले नेपाली स्मार्ट उपकरण प्रयोगकर्ता माझ अत्यधिक लोकप्रियता पाउने सामसुङ नेपालको एचपीपी विभागका प्रमुख प्रणयरत्न स्थापितको भनाइ छ । ८ दशमलव ५ एमएम पातलो यो स्मार्ट ट्याबको वजन जम्मा ४ सय ९५ ग्राम छ । यसका कारण प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार पोर्टेवल उपकरणका रूपमा यसको सहज प्रयोग गर्न पाउने कम्पनिको भनाइ छ । ९ दशमलव ६ इञ्चको स्क्रिन रहेको यो ट्याबले १६ः१० रेसियोमा उत्कृष्ट दृश्य सम्प्रेषण गर्दै मल्टिमिडियाको मजा लिने अवसर प्रदान गर्छ । यसले फिल्म हेर्ने, गेमिङको मजा लिनेलगायत कार्यमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिने कम्पनिको दावी छ । मेटालिक ब्ल्याक र पर्ल ह्वाइट गरी यो ट्याबलेट दुई आकर्षक रङमा उपलब्ध गरिएको छ । कम्पनिले यसको मूल्य २७ हजार ९ सय रुपैयाँ तोकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु