‘ सशस्त्र जनविद्रोहको यात्रा शुरु भयो’

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेठ । नेकपा क्रान्तिकारी माअाेवादीले नयाँ जनवादी क्रान्ति पूरा गर्न सशस्त्र जनविद्रोहको यात्रा सुरु भएको बताएको छ । क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल १ नं. प्रदेशस्तरीय राजनैतिक तथा शारीरिक प्रशिक्षण कार्यक्रमकाे समापन सभालार्इ संवाेधन गर्दै क्रान्तिकारी माअाेवादीका नेता सीपी गजुरेलले यस्ताे बताएका हुन् । आगोको झिल्कोलाई कम नसम्झन र आगोसँंग नखेल्न केपी–मोदी गठबन्धनलाई गजुरेलले चेतावनी दिए । केपी ओलीको राष्ट्रवाद र प्रचण्डको माओवाद जनताले राम्ररी बुझिसकेको गजुरेलकाे भनार्इ थियाे । ओखलढुंगाको मोलुङ् गाउँपालिकाको प्राप्चामा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले ५ जेष्ठमा एक समारोहका बीच उद्घाटन गरेका थिए । चार दिनसम्म निरन्तर चलेको प्रशिक्षण कार्यक्रममा महासचिव किरणले पार्टीको कार्यनीति र कार्यदिशाबारे, पाेलिटव्युराे सदस्य बसन्तले दर्शन र वैज्ञानिक समाजवादबारे, अर्का पाेलिटव्युराे सदस्य एसटीले राजनैतिक अर्थशास्त्रमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी पार्टी स्थायी समिति सदस्य सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे प्रशिक्षण दिएका थिए भने आदर्श, आकाश र रविनले विभिन्न विधामा शारीरिक प्रशिक्षण दिएका थिए। उक्त युवा प्रशिक्षण कार्यक्रममा १ नं.प्रदेशका १४ जिल्लाबाट आएका युवा प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु