सल्यानका जिशिअलाई कालोमोसो

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं , २१ वैशाख । नेकपा माओबादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सल्यानले जिल्ला शिक्षा अधिकारी बख्र्रु प्रसाद रजकलाई भष्ट्रचार गरेको आरोपमा उनकै कार्यकक्ष भित्र कालो मोसो दलेको छ । अखिल क्रान्तिकारीले शिक्षा क्षेत्रमा ब्यापक अनियमितता, भष्ट्रचार र घोटला गरेको भन्दै जिसिअ रजकलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो । जिल्ला शिक्षा कार्यलय सल्यानमा भईरहेको बेतिथि बारे विभिन्न समयमा ज्ञापन पत्र, माग पत्र, ध्यानाकर्षण पत्र बुझाई सचेत गराउदा पनि शैक्षिक सुधारको अभियानलाई हल्का रुपमा लिएको, सुधारको लागि कुनै पहल कदमि नचालेको भन्दै चेतावनि स्वरुप यो कार्वाही गरिएको अखिल क्रान्तिकारी सल्यानले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । उसले ब्लक भबन वितरणमा अनियमितता गरेको, कमिसन र भनसुन गरेको भरमा मनोमानि ढङ्गले योजना बाडेको , सो्रत केन्द्रको निर्णय समेत लागु नगरेको, भवनको ट्रष्ट निर्माण गर्दा बुटवलको एक कम्पिनी संग कमिसनको भरमा सम्झौता गरेको लगाएतका १६ बुदे आरोप लगाई कारबाहि गरेको अखिल क्रान्तिकारी सल्यानले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु