‘सरकारले अाफैले बनाएकाे संविधानकाे अाफै च्यात्याे’

२०७५ असार ३२ गते, सोमबार

काठमाडौं, ३२ असार । नेपाल कम्युनिस्ट पार्टीका मुगु जिल्ला इन्चार्ज संगमले केपी सरकारले अाफ्नाे संविधानकाे अाफै धज्जी उढाएकाे अाराेप लगाएका छन । संविधानकाे प्रस्तावनामा अभिव्यक्ति स्वतन्त्रता लेखिएपनि गमगडीमा दुईसातअघि भएकाे साँस्कृतिक कार्यक्रममा हस्तक्षेप गरेर गैरकानुनी रुपमा गिरफ्तार गरेकाे संगमले बताए । संगमसहित ६ जनालाई गमगडी जिल्ला प्रहरी कार्यालयकाे हिराशतमा राखिएकाे छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीकाे नेतृत्वमा महासंघ जिल्ला शाखा अध्यक्ष न्रिपेन्द्र मल्ल, उपाध्यक्ष दानबहादुर बुढा, पुर्व अध्यक्ष राजबहादुर शाहीसहितकाे टाेलीले बन्दीकाे अवस्था बुझ्न प्रहरी कार्यालय गएकाे थियाे । टाेलीसँग भेटमा कुरा गर्दै ईन्चार्ज संगमले मदिरा नियन्त्रण, भ्रष्टाचार नियन्त्रणकाे लागि जनचेतना जगाउन सांस्कृतिक कार्यक्रम भइरहेकाे बेला एक्कासि प्रहरीले हस्तक्षेप गरि कुटपिट गरेर पक्राउ गरेकाे बताए । “शान्तिपुर्ण रुपमा भएरहेकाे कार्यक्रममा हस्तक्षेप गरेर अभिव्यक्ति स्वतन्त्रता खाेस्दै सरकारलेअाफैले बनाएकाे संविधान अाफै च्यातेकाे छ,” संगमले भने । उनले मानवअधिकार र कानुन विराेधी हर्कत उजागर गरेर सहयाेग गर्न पत्रकारहरुलाई अाग्रह समेत गरे । संगमसहित डिसिएमहरु अडिक, धनमान सिंह, रंग बडुवाल, समर्थक बलबहादुर शाहीलाई सार्वजनिक मुद्दा लगाई हिसासतमा राखिएकाे छ । उनीहरुलाई गत असार १८ गते गमगढीमै सांस्कृतिक कार्यक्रम भईरहेका बेला पक्राउ गरेकाे थियाे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु