सन् २०१४ का अनौठा समाचारहरु

२०७१ पुष ५ गते, शनिबार

काठमाडौँ । पान्सेली अन्तर्रााट्रय समाचार संस्था एएफपीले यस वर्षआफूले विश्वभर प्रसारण गरेका केही समाचारलाई अनौठा समाचारको रुपमा लिएको छ । ती समाचारहरुलाई एएफपीले सन् २०१४ मा प्रसारण गरिएका अनौठा समाचारको रुपमा एकै समाचारमार्फ् सम्प्रषण गरेको छ । ती समाचारमध्ये केही यस प्रकार छन्-
– जनवरी महिनामा जापानमा महिलाका लागि भित्री तथा सुत्ने लुगा उत्पादन गर्ने एक कम्पनीले वास्तविक माया परीक्षक ‘ब्रा’ -ट्रु लभ टेस्टर) उत्पादन गरेको दाबी गरेको थियो । यस कम्पनीले यो ब्रा लगाउने महिला वास्तवमै मायामा परेकी भए मात्र यो ब्रा खोलिने दाबी गरेको थियो ।
– फेब्रुअरी महिनामा अमेरिकाको क्यालिफोर्नियाका एक दम्पतीले आफ्नो कुकुर घुमाउन लैजाँदा त्यसले गाडिएको सुनका सिक्काको एक थुप्रो खोस्रेर निकाल्यो । विशेषज्ञहरुले उक्त सिक्काको मूल्य एक करोड अमेरिकी डलर बराबर भएको अनुमान गरे । अमेरिकामा यसरी फेला परेको गाडधनमा उक्त सिक्का सबैभन्दा मूल्यवान भएको अनुमान गरिएको थियो ।
– मार्च महिनामा डेनमार्कमो एउटा ‘ट्रभल’ कम्पनीले आफ्नो मुलुकका बढी दम्पतीलाई पेरिस जस्तो रोमान्टिक नगर घुमाई आफ्नो मुलुकको घट्दो जन्मदर बढाउनसक्ने दाबी गरेको थियो । यस कम्पनीले आफ्नो प्रचारप्रसारको शर्ीष्ाक ‘डेनमार्कका लागि गर्नुहोस्’ -डु इट फर डेनमार्क राखेको थियो ।
– अप्रिल महिनामा जर्मनीमा एक बोतलमा राखी १०१ वर्षगाडि समुद्रमा बगाइएको एक सन्देश त्यसका लेखकका नातिनीलाई बुझाइएको थियो । त्यो त्यस प्रकारको सबैभन्दा पुरानो सन्देश भएको विश्वास गरिएको थियो ।
– मे महिनामा रियो दी जेनिरोमा छ प्रहरी अधिकारीले महिलाको भित्री लुगा ढुवानी गरिरहेका ट्रक रोकी त्यहाँ रहेका ‘प्यान्टी’ तथा ‘ब्रा’ चोरी तिनीहरुका चालकसँग घुस लिएको आरोपमा तिनीहरुलाई पक्राउ गरिएको थियो ।
– जुन महिनामा बेलायतको दक्षिणी तटीय क्षेत्रमा वृद्धाश्रममा राखिएका दोस्रो विश्वयुद्धका योद्धा ८९ वषर्ीय अवकाश प्राप्त सैनिक भागी उत्तरी प|mान्समा डी-डे मनाउन आफ्नो तक्मासहित पुगेका थिए ।
– जुलाइ महिनामा सोल नगरमा एक बौद्ध संस्थाले गीत गाउने भीक्षु तथा भीक्षुणी प्रस्तुत गर्दै युवा भक्त जम्मा गर्न एक ‘अनुभवजन्य प्रार्थना प्रतियोगिता’ आयोजना गरेको थियो ।
– अगस्त महिनामा चीनको कुनसानमा एक रेस्टुराँले आफ्ना ग्राहकलाई स्वागत गर्ने खाना पकाउन तथा खाना पुर्याउन एक दर्जनभन्दा बढी रोबोट प्रयोग गरेको थियो ।
– सेप्टेम्बर महिनामा अस्ट्रेलियाको मेलबर्नका जर्ज नाम गरेको एक ‘गोल्डफिस’को मस्तिष्कको उच्च जोखिमयुक्त शल्यक्रिया गरिएको थियो । दस वषर्ीय उक्त माछाका मालिकले त्यसलाई मर्न दिनुभन्दा त्यसको शल्यक्रिया गर्न उचित ठानेका थिए । अक्टोबर महिनामा युगाण्डामा गाईको दूध दुहुनु तथा बोका बाख्रासँग काम गर्नेमा हिँडाइको सुन्दरता देख्ने गरी वाषिर्क सौदर्य पर््रदर्शनको पुनः व्याख्या गर्दा एक पूवकुखुरापालक तथा स्याउकृषक ‘मिस युगाण्डा’ हुनपुगेकी थिइन् । नोभेम्बर महिनामा पोल्यान्डका ९१ वषर्ीया एक महिलाको घरमै मृत्युभएको घोषणा गरिएपछि उनले ११ घण्टासम्म हिंडडुल गरी शवगृहका कामदारलाई चकित बनाइदिएकी थिएन् । यी महिलाले घर पुगेपछि आफूलाई निकै चिसो अनुभव भएकाले एक कप चिया मागेकी उनका भतिजीले बताइन् ।
– डिसेम्बर महिनामा हल्यान्डका एक पुरुषले एक क्रेनमा बसी आफ्नी प्रेमिकाको बगैँचामा विवाहको प्रस्ताव दिन पर्ुदा छिमेकीको छाना भत्काउन पुगेका थिए । त्यसो त ती प्रेमिकाले उसको प्रस्ताव भने स्वीकार गरेकी थिइन् ।

प्रतिक्रियाहरु