सडक संघर्षको बिकल्प छैन – प्रशान्त लामा दोङ

२०७३ कार्तिक ४ गते, बिहीबार

देशको राजनीतिक गरमपना यतिबेला भ्रष्टचार छानबिन आयोग प्रमूख लोकमानको बिषयलाई लिएर बढेको छ । राजनीतिक नियुक्तिको आधारमा लोकमान सन्दर्भमा पक्ष या बिपक्षमा जुवारी चल्नु त राजनीतिक कटक्षा प्रहार भन्दा फरक पर्दैन तर देश यतिखेर लोकमान प्रसङ्ग संसदमा प्रवेश गर्नुले संसदभित्र देश लुट्नेहरू को को रहेछन भन्ने कुरो प्रस्ट पार्दैछ । जनताले नजिकैबाट नियाल्नेछ कि को कुन क्याटगोरीको अपराधि रहेछ भन्ने कुरो छिनोफानो हुनेछ । जनता अब राजनीतिक दलको लागि सडक संघर्ष कि समग्र देशको लागि सडक संघर्ष भन्ने कुरो बुझ्नु जरूरी छ । तर एउटा कुरो हेक्का रहोस आम नेपाली जनसमुदायमा कि चाहे त्यो लोकमानको बिषय संसदमा प्रवेश पाओस या सर्वोच्चमा प्रवेश पाओस , आखिर लोकमानलाई कुनै पनि किसिमको कारबाही हुँदैन । संसदले महाअभियोग नै लगाएर संसदमा पास भएछ भने पनि दुई चार करोड जरीवाना र पाँच सात बर्ष जेल न हो ।अरू के नै सजाँय होला र ? देशको खरबौँ ढुकुटी ब्रह्मलुट गरेर करोड जरिवाना तिर्न र सात पुस्ताले मोज गरेर नसद्धिने अथाह सम्पति कमाएर पाँच -सात बर्ष जेलको स्पेशल रूममा बस्नलाई के को लाज ? यति न हो ! अब सर्वोच्चको कुरो , बिचरा सर्वोच्च अदालत दुई जना न्यायधिश कराएर के नै होला र ? आखिर न्यायधिश पनि तिनै हो राजनीतिको खोल ओढेर छिरेका , राजनीतिक दलाल प्रभुको आदेश पाएपछि ती पनि गल्छन , लास्टमा त्यै कि अभियुक्त धरौटीमा रिहा ! गजब कमेडी शुरू हुँदैछ देश खियाउने धमिराहरूबाट । त्यसैले अबको आवश्यकता राजनीतिक दलको लागि सडक संघर्ष हैन देशको लागि सडक संघर्ष गर्ने बेला आएको छ भन्दा उपयुक्त हुन्छ । देशमा यतिसम्म भ्रष्टचार मौलायो कि देशको कुनै पनि क्षेत्र भ्रष्टचारबाट अछुतो छैन । देशमा उर्जाशील शैक्षिक जनशक्ति दिन प्रतिदिन बिदेश पलाएन भइरहेका छन । तर यहाँ भ्रष्टचारीहरू यो अथवा त्यो नाममा देशलाई गिराउने खेलमा लागिरहेका छन । देशमा छविलाल , माइकलाल , अनि मझाकलालहरू पचासलाख युवाको छात्तीमा लात हानेर देशको ढुकुटी लुट्दैछन । राज्य यतिसम्मको कमजोर भइसक्यो कि राज्यको ढुकुटी झ्यालबाट छिरेर मस्त दोहन गरि नपुगेर पनि राज्यले अब ढोकाबाट छिर्नुहोस भनि भन्दा हामीलाई छिरेको झ्याललाई ढोकाको परिभाषित गर्नुहोस भनि राज्यलाई चुकाइरहेका छन । मलेशिया , दुवइ , कतार तथा कुनै पनि मुलुकमा बसेर कराइरहेका हत्यको अभियोगमा माओवादीको भिल्ला ओढ्ने युवाहरू , जोकरलाल एमालेको भिल्ला ओढ्ने युवाहरू , ढोङ्गी दलाल काग्रेसको भिल्ला ओढ्ने युवाहरू ,पहिचानको नाममा युरोपियन युनियनको डलरको खेतीमा लोभमा फसेर देशलाई बिग्रह गराउने आदिवासी जनजातिको पगरी गुथ्ने ढेडुहरू , देश तिम्रा नेताले सिद्ध्याउन लागि सक्यो ,के अरबको मरूभूमिमा बसेर फ्याउफ्याउ कराउँछौ , तँ माओवादी हत्यारा , तँ राष्ट्रघाति दलाल काँग्रेस ,तँ देश बेच्ने दलाल एमाले अनि तँ युरोपियन युनिन डलर देश बिखण्डकारी दलाल आदिवासी जनजाति भनेर ? तिमीले पठाएको अरब सागरबाट पठाएको रेमिट्यान्स तिम्रा नेताले भट्टीमा रक्सी पिएर सिद्धयाउन थालिसक्यो । तिमीले खाडीको मुलुकबाट पठाएको रेमिट्यान्स तिम्रा नेताले जुवा र तास खेल्दै सिद्ध्याउन लागि सक्यो । तिम्रो अस्तित्व बेचेर पठाएको रेमिट्यान्सले गगन चुम्बी महलमा नाङ्गो नृत्य गराउँदै दिउँसै तिम्रो बहिनी लुटिरहेका छन तिम्रा नेताले , दिउँसै तिम्रो दिदीको अस्मिता लुटिरहेका छन । व्यर्थ किन तिमीहरू एमाले , काँग्रेस , माओवादी भिल्ला ओढ्छौ ? सक्छौ तिमी तिम्रो अस्मिता जोगाएर देश फिर्ति आउ अनि तिम्रो नेतालाई बुलेट ठोक , सक्तैनौ तिम्रा नेताको गुनगान गाऊन बन्द गर । होइन भने देश संकटमा फसिसक्यो कि यस्तै चरम संकट रही रहे तिमी आउने बेलामा तिम्रो आमाको लास भेटिनेछ । तिम्रा बहिनी रूखमा झुण्डिएको भेटिनेछ अनि तिम्रो नेताहरू भारतीय दलालको महलमा तिम्रो सानी र कान्छीको अस्तित्व लुटिरहेको भेट्नेछ । त्यसैले अब देश भित्र र बाहिराको पचास लाख युवाको एउटै स्वर राजनीतिक दलमाथिको आवाज ‘ सक्छौ देशलाई सम्हाल , सक्तैनौ जिम्म देउ देश हामी सम्हाल्छौ कि तिमीहरू मर्नको लागि लाइन लागेर बुचो टाँगेर बस भन्ने उर्दी घरघरमा निस्कनु आवश्यक छ नत्र त्यो मरूभूमिमा बसेर छविलालको थाङ्ने भएर अरूलाई देश भक्तको मकै भुट्नु बेकार ,जोकरलालको हिजडा बनेर अरूलाई खोक्रो राष्ट्रवादको पगरी रवाफ देखाउनु बेकार छ अनि भारतीय बिश्वासिला दलाल खुट्टा मिचेर म पतिव्रत र स्त्री ब्रताको पगरी गुथ्नु बेक्कार छ । देश नै नरहे हामी कहाँ रहन्छौ , जीवन नै नरहे तिमी कहाँ रहन्छौ । त्यसैले देशको गतिछाडा राजनीतिक संयन्त्र र तीनको भरौटेहरू बिरूद्ध बिद्रोहको बिगूल यो या त्यो पक्षमा नरही एकचोटी म पहिला नेपाली अनि मेरो जात र राजनीति भन्ने सोच राख्दै युवा जनशक्ति अघि बढ्नुको बिकल्प छैन ।

प्रतिक्रियाहरु