संयुक्त उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलन स्थगित

२०७५ जेष्ठ ८ गते, मंगलवार

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय संगठन संयुक्त उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलन स्थगितभएको छ । यसअघि महासंघको दोस्रो सम्मेलन यही जेठ २१–२३ मा सम्पन्न गर्ने मिति तय गरिएको थियो । पार्टीको ६ महिने राजनीतिक तथा संगठानिक अभियानको व्यस्तताका कारण हाललाई सम्मेलन स्थगित गरिएको महासंघका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए । ‘पार्टीकै निर्देशन अनुसार हालको सम्मेलनलाई स्थगित गरेका हौं’ अध्यक्ष पराजुलीले भने । महासंघमा यातायात, निर्माणलगायत साना स्वरोजगार व्यावसायीदेखि लिएर राष्ट्रिय स्तरका उद्योगी व्यावसायीहरु आवद्ध छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु