‘श्री ७ खड्ग शमशेर’ बन्ने सपना देखेकाले अध्यादेश फिर्ता लिएछन् : भट्टराई

२०७७ बैशाख १२ गते, शुक्रबार

काठमाडाैं, १२ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई हानेको अध्यादेश गोली आफै तिर फर्किएको बताएका छन ।सरकारले सोमबार जारी गरेको दलबदल र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचना भएपछि शुक्रबार बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सरकारको उक्त निर्णय पछि डा. भट्टराईले प्रधानमन्त्रीले समाजवादी पार्टीलाई हानेको गोली आफै तिर फर्किएको बताएका छन । भट्टराईले ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने समेत बताएका छन ।
उनले ट्ववीटरमा लेखेका छन – ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैँतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्, यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन/कार्वाही हुनैपर्छ!’

यसअघि पार्टी फुटाउने योजनासहित समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए । बिहीबार सांसद यादवलाई मेरियट होटल फुत्किएपछि समाजवादी पार्टी फुटाउने योजना तुहिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु