सुकुम्बासीलाई नहटाउन चेतावनी

२०७५ बैशाख ९ गते, आईतवार

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी झापाले सुकुमबासीहरूलाई नहटाउन चेतावनी स्वरुप खबरदार सुचाना जारी गरेको छ । झापाको दमक स्थित दमक नगरपालिका वार्ड नः७ हाटखोला (सुनचांदी लाइन) स्थित २००७ साल देखि बसोबास गर्दै आएको सुखुम्बासी बस्तीलाई सरकारले बारम्बार धम्की दिदै र जमिन छोड्न भनेको भन्दै जनपरिषदले विज्ञप्ति जारी गर्दै सो सुचाना जारी गरेको बताएको छ । सरकारले गरिव तथा सुकुम्बासी जनता प्रति नकारात्मक कार्य गरेको र उक्त कार्य अाफुहरुलाई असह्य हुने भन्दै शरणार्थीलाई नहटाउन जिल्ला जनपरिषदले चेतावनी सहितकाे बिज्ञप्ति र ब्यानर टागेकाे छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु