वामदेवकाे प्रतिनिधि सभाको सांसद बन्ने चाहना अधुरै

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमकाे प्रतिनिधि सभाको सांसद बन्ने चाहना अधुरै रहने भएकाे छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ७ का निर्वाचित सांसद रामवीर मानन्धरलार्इ राजीनामा दिन लगार्इ चुनाव लड्ने दाउमा रहेका गाैतम अन्तत: अाफ्नै निर्णयबाट ‘ब्याक’ भएका छन । आफ्नै पार्टीका सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएपछि गौतमका लागि परिस्थिति अनुकूल देखिएन । यही अालाेचना, विराेध र दबावबाट उनि आफ्नो निर्णयबाट पछि हटेका हुन् । गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र २२ गतेकाे पार्टि सचिवालय बैठकमा बुझाएका थिए । तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएको बताइएको छ । पार्टीभित्र शीर्ष नेतृत्व नै गाैतमलार्इ अहिले उपचुनावमा उठाउन नहुने पक्षमा पुगेकाे बताइन्छ । सांसद रामवीरले राजीनामा दिन तयार भएपछि उनकाे पनि जनस्तरबाट चर्काे विरोध भएकाे छ । यस परिस्थितमा दुवै अध्यक्षसँगको सल्लाहमा नेता गौतम तत्कालका लागि उपचुनाव नलड्ने निर्णयमा पुगेका हुन् । गौतम काठमाडौं ७ मा मात्र चुनाव नलड्ने हो वा उपचुनावबाटै नआउने हो भन्ने चाहिँ प्रष्ट भएको छैन । बर्दिया १ मा चुनाव पराजय भोगेका गौतम त्यसपछि लगातार संसदमा आउने प्रयासमा थिए । डाेल्पा र बाँकेबाट काेशिस गर्दा असफल रहेका नेता गाैतमकाे अर्काे प्रयास काठमाडाैँमा देखिएकाे थियाे तर त्याे प्रयास पनि असफल भइसकेकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु