राष्ट्रिय हितविपरीतका सन्धि नगर:३३ दलीय मोर्चा

२०७१ श्रावण १२ गते, सोमबार

काठमाडौँ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राष्ट्रिय मोर्चाको बैठकले राष्ट्रिय हितविपरीतका सन्धि–सम्झौता नगर्न सरकारलाई खबरदारी गरेको छ ।नेकपा–माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा, सन् १९५० को सन्धिलगायत विगतमा भारतसँग गरिएका असमान सन्धि–सम्झौताहरुको खारेजी, नेपाल–भारत बीचको खुला सिमाना नियन्त्रण गर्न माग गरेको छ ।
मोर्चाले जलविद्युतको विकास र व्यापारको नाममा भारतीय कम्पनीहरुले नेपालको जलस्रोतमाथि एकाधिकार कायम गर्ने प्रकृतिका सहमति तथा ऊर्जा विकास सम्झौता नगर्न र राष्ट्रिय सहमतिविना कुनैपनि सम्झौता नगर्नका लागि सरकारलाई खबरदारी गर्ने निर्णय गरेको संयोजक देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु