राष्ट्रिय सहमतिको सकार बन्नु पर्छ : बादल

२०७१ आश्विन ३१ गते, शुक्रबार


काठमाडौँ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले वर्तमान सरकार विघटन गरि राष्ट्रिय सहमतिको सरकार नबनेसम्म देशले निकास नपाउने बताएका छन ।हात्तीको आक्रमणमा परि ज्यान गुमएकी नेकपा–माओवादीको भोजपुरा राज्य समिति सदस्य गंगा बलको निधन भएको १२ औं दिन बिहीबार अमलेखगञ्जमा भएको श्रद्धान्जली सभामा बोल्दै महासचिव बादलले अहिलेको संविधानसभाले निकास नदिने भन्दै नयाँ शिराबाट अघि बढे मात्रै देशले निकास पाउने बताए ।अहिलेको संविधानसभाले जनताको अधिकार सुनिश्चित हुने संविधान ल्याउन नसक्ने भन्दै बादलले अहिलेका सबै प्रक्रिया छाडेर सर्वपक्षिय राजनिति सभा गरे मात्र मुलुकले नया संविधान पाउने बताए ।
यसअघि सरकारले आयोजना गरेको सर्वपक्षियसभा नाटक मात्रै भएका कारण आफुहरु सहभागी नभएको भन्दै बादलले सरकार गम्भीर नभएसम्म अन्यौलको स्थिती रहिरहने बताए । बादलले माघ ८ गते कुनै हालतमा संविधान जारी हुन नसक्ने ठोकुवा गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु