राज्यआतंक, राष्ट्रघात र मुल्यबृद्धिका विरुद्ध विरोध प्रदर्शन हुदै

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी, माेहन वैद्यले नेतृत्व गरेकाे क्रान्तिकारी माअाेवादी र ऋषि कट्टेलले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा आज सरकारको राज्यआतंक, राष्ट्रघात र मुल्यबृद्धिविरूद्ध अाज काठमाडाैंमा विरोध प्रदर्शन गर्दै छन् । सरकारले चरम राष्ट्रघात गरेकाे, लगायतार पेट्राेलय पदार्थमा मुल्यबृद्धि गरेकाे र जनताकाे ढाड सेक्नेगरी मंहगी बढाएकाे भन्दै तीन कम्युनिस्ट पार्टीले अाज विहीबार विराेध कार्यक्रम गर्न थालेका हुन् ।
सरकारले बिनापुर्जी विप्लव नेतृत्वकाे नेकपाका नेता कार्यकर्ता गिरफ्तार गरेर राज्यअातंक सिर्जना गरेकाे भन्दै अाफुहरूले विराेध प्रदर्शन गर्न थालेकाे विज्ञेप्तीमा उल्लेख छ ।
अाज दिउँसाे १ बजे शान्तिबाटिकामा तीनैपार्टी सम्वद्ध नेता कार्यकर्ताहरूकाे उपस्थिति रहने छ। विराेध कार्यक्रमलार्इ तीनै पार्टीका शीर्ष नेताहरूले संवाेधन गर्ने कार्यक्रम छ । एक हप्ताअघि तीन पार्टीका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलद्धारा एक विज्ञप्ति जारी यस्ताे कार्यक्रमकाे घाेषणा गरिएकाे थियाे । सरकार गठन भएको तीन महिना नवित्दै जनता महंगी र मूल्य बृद्धिको मारमा परेको भन्दै संयुक्त रुपमा बिरोध कार्यक्रम गर्नु परेकाे गरिएको नेकपा नेता कट्टेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु