मेरो देहान्तपछि (आत्मा–बिनोद) – उदास कार्की

२०७० चैत्र १० गते, सोमबार


यसो सोच्छु बेला बेलामा मेरो अनुपस्थितिले केहि फरक पर्छ र जो कोहिलाइ यो दुनियामा ? अह पर्दैन, पटक्कै पर्दैन । म भएर के नभएर के । संसार हिजो चलेकै थियो आज चलिरहेको छ र भोलि पनि चलिरहन्छ । केवल यति मात्र फरक हो त्यहा मेरो भौतिक शरिरको उपस्थिति नरहला । मेरो मृत्युले खासै केहि फरक पर्छ र जो कोहिलाई ? हो केहि फरक पार्छ त मेरि जिवन संगिनिलाई । मेरो जिवनको आधा अंग । त्यसैले अर्धांग अर्धागिनि भनिएको होला एक अर्कालाई । पतिको मृत्युसंगै आफनो आधा खुशि र रहरहरु पतिको लाशमा जलाउन पर्ने अरे श्रीमतिले अनि पतिले चाहि पत्निको मृत्युमा चाहि किन केहि गर्न नपर्ने नि ? हो यहि बिद्रोह छ मेरो मनमा ।

यसो कल्पना गर्छु अनेक तरंगहरु आउछन मनमा । के होला त मेरो देहान्तपछि ? सबै भन्दा पहिला त मेरी जिवन संगिनिको हातका रंगिन चुराहरु फुटाइदिएर नारी रित्तो बनाइदिनेछन । सिउदोको सिन्दुर पखालिदिएर र निधारको टिका पुछिदिएर अनुहार उजाड बनाइदिनेछन । अनि रंगिन कपडाहरु फुकालिदिएर कोरा कपडा पहि¥यादिनेछन र मेरो मृतात्माको शान्तिको लागि भनेर अल्लो बिलिनो खान दिएर काजक्रियाको कर्मकाण्डमा सरिक गराउनेछन । त्यसपछि उपहारदिनेछ समाजले बिधुवा संस्कारको जिन्दगि । रंगिन कपडा र गरगहना लगाउन बन्देज गर्नेछ । पवित्रकार्यहरुमा उपस्थित हुन छेकवार गर्नेछ । भातभान्सामा, पानिपधेरामा, मठमन्दिरमा, पुजाआजामा, बिबाह ब्रतबन्धमा अपसगुनको सिमा कोरिदिएर जिन्दगिलाइ निरश र अत्यास लाग्दो बनाइदिनेछन । यसो बाटो हिडदाखेरि कसैको आमुन्ने सामुन्ने पर्दा अलाच्छिनको संज्ञा दिनेछन अनि भन्नेछन भन्नेहरुले………बिचरी यस्तो उमेरमै बिधुवा भइ कसरी बिताउलि अत्यास लाग्दो यति लामो जिन्दगि……….बेलैमा अगाडि लगाई पोइलाइ……कसरी हुर्काउलि बढाउलि लालाबालाहरु……….यस्तो भर्भराउदो बैशमा बसिराख्लि र टुहुरा लालाबालाहरु स्याहारेर ? गर्लि नि आफनै सुर …………आदी इत्यादी ।

ओहो कति अत्यासलाग्दो र पिडादायि बन्दोरहेछ मेरि श्रीमतिको जिन्दगी मेरो देहान्तपछि । म बाचेर भन्दा मरेपछि पो झन सकश हुदोरहेछ मेरी जिवन संगिनिलाइ । लुते लफंगो, लाटो, बहिरो, कानो खोरन्डो, अत्याचारी ब्यभिचारी दुराचारि जस्तो सुकै भए पनि लोग्ने हुनु र नहुनु मा धेरै अन्तर छ भनेर भन्ने गरेको महिलाहरुको भनाइलाइ बल्ल आत्मासात गर्दैछु म । कति उचाइबाट हेर्दोरहेछ हाम्रो समाजले बिबाहिता महिलाको जिवनमा पति संगको सामिप्यतालाई । मलाइ झन अत्यास लागेर आयो मेरो काखमा रमाइरहेकि पत्निलाइ मेरो मृत्युपछिको रुप अबस्था र समाजको परिबन्दलाइ सम्झेर । अब त मलाइ जिवित अबस्थाको भन्दा पनि मेरो देहान्तछिको पो चिन्ता लाग्न थाल्यो । प्रिया मैले तिमिलाई भने जस्तो लाउन खान दिन सकिन होला अभावहरुको बिचमा आफना कति इच्छा आकांक्षाहरुलाइ कुडाएर, पिल्साएर राख्यौ होला मनभित्र । म मरेर गए पनि तिमिले आफनो रहरमा काडेबार नलगाउ भनेर भन्न पनि नपाउने भए मैले । मन हुदा लगाउन पाइएन.. पाउदा लगाउन भएन…….. सुन्दा अति सरल जस्तो लागे पनि कति पिडा कति मर्म र बेदना अनि कति उकुश मुकुश लुकेर बसेको रहेछन ति शब्दभित्र । भोगान्त भोग्नेलाइ थाहा होला केवल कोरा कल्पना गर्ने मलाइ के थाहा होस ।

समाज हामीले नै निर्माण गरेका हौ । रिति थिति हामीले नै बसालेका हौ । हामी परिबर्तन गर्न सक्दैनौ त रगतको रङ्ग, जन्म मृत्यको चक्र र प्रकृतिको साश्वत सत्यलाई । जो निर्मित र सिर्जित हुन तिनलाइ त परिबर्तन गर्न सकिन्छ नि । मर्नु त मैले पनि पर्छ र तिम्रो पनि बाटो त्यहि नै हो । केवल केहि पलको अगाडि पछाडि मात्र त हो । त्यसैले प्रिय यस्तो साश्वत सत्यलाइ जान्दा जान्दै पनि किन निरश बनाउने हामीले बचेखुचेको जिन्दगिलाइ । धोको त तिम्रो काखको शिरानि हालेर अन्तिम पलसम्म तिम्रो मुहार दियाल्दै आखा बन्द गर्न पाइयोस भन्ने नै हो । कथंकदाचित तिमीले पहिला साथ छोड्यौ भने तिम्रो भौतिक शरिर मेरा सामुन्नेमा नभएता पनि संगै बिताएका पलहरु र बंशको रुपमा तिमीले दिएका यि सुन्दर उपहारहरु नै मेरो जिउनुको सहारा हुनेछ मुटुभरि माया र मनमस्तिष्क भरि तिम्रो सम्झना त हुदैहुन्छ । अनि हामिले साथमा बिताएमा ति स्मरणिय पलहरु, जिवनका अनेक मोडहरुमा हामीले आत्मासात गरेका बिह्वलहरु र हामीले एक अर्काका लागि बगाएरका आशुका भलहरु सायद यिनै कुराहरुले तिमिसंगको सामिप्यतालाई स्मरण गराइरहनेछ अनि कालन्तरमा बिस्तारै बिस्तारै मनमस्तिष्कमा ति पलहरुको छाया धमिलो बन्दै जादा समयको प्रबाहसंगै मेरो अस्तित्व पनि नामेट हुनेछ यो दुनियाबाट । आखिर त्यहि अबस्था त हो नि तिम्रो पनि यदि मेरो भौतिक शरिरको अस्तित्व नामेट भयो भने । तर हेर त कति धेरै काडेतार लगाइदिएको समाजले तिम्रो अगाडि ……………. ! मेरो नाममा सोह्र ऋंगार भत्काएर सेतो बस्त्र पहिरिनु पर्दैन भनेका छन मेरा पतिले भनेर सामाजको अगाडि अनुनय बिनय गर्दा पनि कसैले सुन्ने छैनन तिम्रा कुराहरु र यहि समाजले तिमिलाइ यति निरिह बनाइदिनेछ कि समाजका हर आदेशहरु तिमिलाइ सार्थक भएको भान हुनेछ र अन्तत तिमि उहि पुरातन संस्कारको पालकमा परिणत हुनेछौ । मेरि प्रिया ……….. जिवनसंगिनि………तिमिसंग साथ हुदाको खुशि ..यो माया……यो स्नेह……यो अपनत्व ……..यो मानसम्मान ……….जिवनपर्यन्तको हो भन्ने ठान्छयौ यो नश्वर चोलाबाट मैले धर्तिबाट बिदा हुदैमा…….तिमिसंगको साथ छुटदैमा …………… संगै जिउने मर्ने बाचा टुटदैमा…………….

नपखाल सिउँदोको सिन्दुर नधोउ ओठको मुस्कान
नफुकाल चुरापोते अनि रित्तो नबनाउ नाक कान
यदि बस्यौ भने सजिएर रंगिन पहिरनमा सँधैसँधै
यहि हुनेछ प्रिय मेरो लागि श्रद्धाञ्जलि र सम्मान

– बसुन्धरा, काठमाण्डौ

प्रतिक्रियाहरु