पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७५ भाद्र ४ गते, सोमबार

काठमाडौं, ४ भदौ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रतिलिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु