मूर्दा हुन् भने एक दिन खरानी हुनेछन् – झपेन्द्रराज बैद्य

२०७७ जेष्ठ ६ गते, मंगलवार

मूर्दा हो त्यो जुन
संबेदनहीन हुन्छ,

चरित्रहीन हुन्छ
जुन मानबताहीन हुन्छ।
ह्रदयहीन भद्दा
अनि कुरुप हुन्छ,
कलाहीन पाषाण हुन्छ।
इतिहासको मजाकगर्ने
हुतिहारा भद्दा खेलाडी हुन्छ।
फोहरको डुङ्गुरमा आहाल हुन्छ।

मानबता हराएको छ,
स्वाधीनता बेचिसकेको हुन्छ,
छातीमा डोजरचल्दा
ऊ त मस्त निद्रामा
ताण्डब नृत्यहुन्छ बगरमा
शहरमा लाखे नाच
अनि रहरमा भालू नाच हन्छ।
त्यो त मूर्दा नभएर के हुन्छ?
चाहे पहाडै ढलोस्
महाकाली सुकोस्ब
या त मधेश डुबोस्
मूर्दा त कठोर पत्थरबन्छ।
नक्शामा देश गुमेर के भो र!
दानापानी प्रभुले दिए पछि,
लिपुलेख त के हो र?
नेपालै जोखिम रहे पछि,

चार लेनको पिचरोड बनोस्
अहँ थाह छैन, कहीँ कतै
पक्की घर बनोस् यात शहर होस्।
कर्णाली सुकोस् या त अरुण फलोस्,
मूर्दालाई के थाहहुन्छ?
जहाँ जहाँ फोहर हुन्छ
बास उसको त्यहीँ हुन्छ
जहाँ भाइरस् हुन्छ।
लौ लौ दयागर पारीका प्रभु!
त्वम् शरणम् गच्छामी
अहिले लिजमा पछि सिजमा
प्रभुको लीला अपरमंपार

कालापानी आँखाको नानी
हिमाल शीर नेपाल हाम्रो
पहाड ढाड तराई छाती
बीर गोर्खाली गौरब हाम्रो
तर अफशोच !
याहाँ छ लुटेराहरुको कहानी।
तर खेद छैन
देश दुख्दा उठ्छन् नेपाली
ईतिहास साक्षी छ रगत तातो छ,
हाशियार लेण्डुपेहरु!
झुक्दैन हिमाल डग्दैन नेपाल
इृतिहास रातो छ रगत तातो छ।

होस्हवास छैन अचेल तिम्राृे
सत्ता जोगाउने खेल ,
जोडी पनि कस्तो मेल?
बुद्धको देश नेपालमा
किन हुन्छ रगतको होली?
जति थुने पनि जति पिटे पनि
करेन्ट लागे पनि
वारेन्ट काटे पनि
गल्दै नगल्ने मान्छे नै नगन्ने,
कस्तो हो तिम्रो जोडी?

राष्ट्रिीयता र स्वाधीनतामा गाई जात्रा
चील आयो चील आयो भनेर
श्यालले चल्ला टिपेर लगेजस्तै
तिमीले जति ध्यान मोडे पनि
यमराजलाई पो चुनौती दिने
मृत्यूसँग खेलबहाड?
अनि बनाउँछौ तिलको पहाड।
जय प्रभु जय प्रभु रक्षागर
भन्दै गीत गाउने स्वरमा स्वरमिलाउने
मशान घाटको मूर्दा हौ कि?
यात डम्फू बजाउने लम्फू !
ताण्डब नृत्य छ
नसुन्ने नदेख्ने मुर्दा हा कि।
बिख्याचाँ वा सुनाखोरी हो
लोकतन्त्र कहाँ छ ?
उसको बोली र गोलीमा छ।
कफर््युलगाएर होस या त
बन्ध प्रतिबन्ध!
सधै छ असार पन्ध्र।
तर यादगर
तिम्रो उन्माद पानीको फोका हो।
पारीमात्र होइन,
इन्डोप्यासिफिक पनि
केवल कागजी बाघ हो।
मशान घाटमा जति श्याल हुईंया गरे पनि
कलो खानेहरु
कलो जता पाउँछन्
उतै जान्छन्।,
उसैको गीत गाउँछन्।
तर खबरदार!
एक दिन मूर्दाहरु खरानी हुनेछन् ।
र्मिर्मीरे पछि सुनौलो बिहान हुनेछ ।
मूर्दाहरुको अबसान पछि
नयाँ बिहानी आउने छ ।
नयाँ चेतना नयाँ उमंग
नयाँ नेपाल हुनेछ ।

प्रतिक्रियाहरु