माल्कोटमा निशुल्क स्वास्थ्य शिविर

२०७४ भाद्र २९ गते, बिहीबार

काठमाण्डौ , २९ भदौ । नेकपा निकट अखिल क्रान्तिकारी काठमाण्डौ विश्वबिद्यालय क्षेत्रीय समन्वय समितिले आजदेखि कालिकोटको माल्कोटमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । माल्कोटको सेरापाटाको श्री नन्दादेशी माविमा सुरु भएको स्वास्थ्य सिविर तीन दिनसम्म सन्चालन हुनेछ । फिजिसियनद्धय डा सुस्मा श्रेष्ठ , रविन्द्र गोली , डेन्टल विशेषज्ञ डा सानुकृष्ण श्रेष्ठ लगायतका डेढ दर्जन डाक्टरहरुको टोलीले सिविरमा सेवा प्रदान गरिरहेका छन् । सिविरको आज नेकपाका केन्द्रिय सदस्य कर्णली ब्युरो ईन्चार्ज एटम विसिले उद्घाटन गरे । आज पहिलो दिन नै करिब ६ सय जनाले उपचार सेवा लिएको काठमाण्डौ विश्वबिद्यालय क्षेत्रीय समन्वय समितिका नरेन्द्र बिश्वकर्माले जानकारी दिए । सिविरमा स्त्री रोग , दात , आखा, नाक कान घाटी लगायतका बिभिन्न समस्याको चेकजाच तथा सामान्य सल्क्रिया समेत गरिएको र जटिल अवस्थाकालाई अस्पताल रिफर गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु