माओवादी होइन, नेपाल कम्युनिष्ट पार्टी

२०७३ फाल्गुन ९ गते, सोमबार

काठमाडौ, ९ फागुन । नेकपा (माओवादी)को ८ औं महाधिवेशनको बन्दसत्रले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको छ । रोल्पाको थवाङमा सम्पन्न महाधिवेशनको बन्दसत्रले महासचिव विप्लवको राजनितिक प्रतिवेदन र प्रवक्ता प्रकाण्डको पार्टीे विधान सुझावसहित पारित गरेको छ । यसअघि नयाँ जनवादी क्रान्तीको एजेन्डा अंगाल्दै आएकोमा अब समाजवादी क्रान्तीको कार्य दिशातर्फ अघि बढ्ने निर्णय समेत भएको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए । त्यसका लागि गाउँदेखि शहरसम्मका मध्यमवर्ग, किसान, मजदूर, बुद्धिजिवी लगायतलाई समेटेर समाजवादी क्रान्ती स्थापना गर्ने निर्णय पनि भएको छ । अब प्रत्येक जिल्लामा समाजवादी घर र कम्युनिष्ट समाज निर्माणका लागि पार्टी अग्रसर हुने सम्बन्धमा पनि निर्णय भएको प्रवक्ता प्रकाण्डले बताए । सबै कम्युनिष्टहरुले भारतलाई विस्तारवाद भन्दै आएकोमा अबदेखि पार्टीले साम्रज्यावाद भन्ने पनि उल्लेख छ । विभिन्न ब्युरोमा विभाजन गरी छलफल गरेर उठेका प्रश्नको महासचिव विप्लवले जवाफ दिएपछि प्रतिवेदन आज सुझाव सहित पारित भएको हो ।
महाधिवेशनमा भएका निर्णयहरु फागुन १४ गते रोल्पाको सदरमुकाम लिवाङमा घोषणा सभा गरी सार्वजनिक गर्ने तयारी भएको सो पार्टीले जनाएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु