माओवादी रुपन्देहीद्वारा जग्गा कब्जा

२०७१ चैत्र १३ गते, शुक्रबार

काठमाडौँ । नेकपा माओवादीले रुपन्देहीका चिन्तामणि पाण्डेको जग्गा कब्जा गरेको छ । माओवादीले सैनामैनाको रानीबगैयास्थित पाण्डेको करिब ३ बिघा ४ कठ्ठा जग्गामा झण्डा गाडेर कब्जाको घोषणा गरेको छ । उक्त जग्गाको हालको बजार मुल्य झण्डै १० करोड बराबर पर्छ । पाण्डेले जग्गा दलालि गर्दै नेपालगन्ज,पोखरा,चितबन,अतरिया,सुर्खेत लगाएतका ठाउमा सँयौ बिगा जग्गा अबैध ढगँले कब्जा गर्नुको साथै दलालि गरेको माओबादीले बताएको छ ।जग्गा कब्जा पछि माओबादी केन्द्रिय सदस्य एबम अबध राज्य ईन्चाज बिरजगँ,प्रज्बलन,लगाएत नेताले सम्बोधन गरेका थिए । माओवादीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा झण्डा गाड्ने तथा कब्जा गर्ने अभियानलाई तिव्रता दिएको छ । केही दिनअघि मात्रै राजधानीमा लगानी बोर्डका प्रमुख राधेश पन्तको घरमा झण्डा गाडेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु