माओवादी आक्रमणवाट ३ सैनिक कमाण्डरको मृत्यु

२०७५ श्रावण ५ गते, शनिबार

काठमाडौं, ५ साउन । फिलिपिन्समा सरकारी सेना र माओवादीबीच पुन युद्ध सुरु भएको छ । फिलिपिन्सको उत्तरी लुजोन कमाण्ड रहेको कार्डिलेरामा सरकारी सैनिक र माओवादी सेनाबीच तीन घण्टा लामो भिडन्त भएको छ । उक्त भिडन्तमा परी ३ सरकारी सैनिक कमाण्डरको मृत्यु भएको छ भने दर्जनजति घाइते भएका छन् । शान्ति वार्ताप्रति सरकार गम्भीरन भएको भन्दै युद्धविराम भंग गरेको माओवादीले सशस्त्र संघर्षलाई अगाडि बढाएको हो ।
फिलिपिन्स माओवादीको आफ्नै आधिकारिक वेभसाइटलाई उदृत गर्दै रेड स्पार्क वेभसाइटले जनाएअनुसार सरकारी सशस्त्र सेनाको उत्तरी लुजोन कमाण्डको हेडक्वाटर (नोल्कोम) का अनुसार १५ जुलाइमा भएको माउन्टेन प्रान्तको टैटबोन, बेसओ र सैटिओ दंडनाक क्षेत्रलाई आधार बनाएर बसेको सरकारी ८१ औं बटालियनमाथि माओवादीहरूले आक्रमण गरेका हुन् । नोलका‘मका प्रवक्ता लेफ्टिनेंट कर्नल इसागनी नाटोले माओवादीसँग तीन घन्टा दोहोरो भिडन्त भएको अस्वीका गरेका छन् ।
सोही भिडन्तमा सशस्त्र सेनाबाट माओवादी विद्रोहीहरूले ३ स्क्वाड स्वचालित हतियार (एसएडब्ल्यू), दुई आर ४ राइफल्स, एक एम २०३ ग्रेनेड ला‘न्चर र एक हैंडहेल्ड हैरिस रेडियो पनि कब्जा गरेका थिए । जनवादी सत्ता स्थापनाको लागि पचास वर्षदेखि जारी फिलिपिन्सको माओवादीहरु युद्धमा छन् ।
सन् १९६९ देखि सशस्त्र संघर्षको बाटो रोजेको माओवादी आन्दोलन ६ महिनाअघिसम्म सरकारसँग वार्ता भएको थियो ।सरकार वार्ताप्रति गम्भीर नबनेको भन्दै माओवादीहरूले युद्धविराम भंग गरेको घोषणा गरेका थिए । यो भिडन्तमा माओवादीलाई ठूलो सफलता प्राप्त भएको छ । यो शान्ति वार्ता भंग भएपछिकै ठूलो सफलता हो ।

प्रतिक्रियाहरु