माओवादीद्वारा रक्तदान

२०७२ बैशाख १८ गते, शुक्रबार

काठमाडौँ, १८ बैशाख । नेकपा माओवादीले भुकम्पबाट घाइते भएकालाई लक्षित गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भुकम्पबाट घाइते भएकाहरुको उपचारको क्रममा रगत अभाव हुँन नदिने उद्देश्यले रक्दान गरेकोे बताइएको छ । घाइतेको उपचारमा रगतको अभाव हुन नदिन रक्दान कार्यक्रम आयोजना गरेको सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्डले’ बताए ।
शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल रेडक्रसमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमको उद्घाटन महासचिव विप्लवले रगत दिएर गरेका थिए । पार्टी कार्यकर्ता र शुभचिन्तकसहित ५९ जनाले सो अबसरमा रगतदान गरेका थिए ।
कार्यक्रम समापन गर्दै पार्टी प्रवक्ता प्रकाण्डले भने, ‘भुकम्पबाट घाइते भएकाहरुको उपचारको क्रममा स्वास्थ्य संस्थाहरुमा रगतको अभाव हुँदै गएको जानकारी पाएपछि रगतको अभाव हुँन नदिन पार्टीकै आयोजना उक्दान कार्यक्रम गरेका हौँ ।’ पार्टीको केन्द्रीय कार्यक्रम अनुसार प्रभावित जिल्लामा रक्तदान कार्यक्रम आयोजना गर्ने उनले सो अवसरमा जानकारी दिए ।
सो पार्टीले भुकम्प प्रभावित जिल्लाको सरसफाई गर्ने कार्यक्रम अनुसार भोली विहान कालिमाटीमा गरिने सरसफाईमा सहभागी हुँन सबैमा आह्वान समेत गरेको छ । त्यसैगरि भक्तपुर र ललितपुर जिल्लामा पनि सरसफाई कार्यक्रम राखेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु