माओवादीद्वारा चक्कजाम कार्यक्रम फिर्ता

२०७२ श्रावण १२ गते, मंगलवार

काठ्माडौ, १२ साउन । नेकपा माओवदीले आयोजना गरेको श्रावण ८ गतेको नेपाल बन्दको कार्यक्रममा गिरप्तार गरिएका नेता कार्यकर्ताको सरकारले आज रिहाई गर्ने भएको छ । यससंगै आज विहान १० देखि ११ बजेको लागी घोषणा गरीएको १ घण्टा चक्काजाम कार्यक्रम फिर्ता लिएको छ । पार्टी प्रवक्त प्रकाण्डले एक प्रेष विज्ञप्ति मर्फत जनकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ ‘गिरप्तार नेता कार्यकर्ता निर्शत रिहाको निम्ति सरकारसंग सहमति भएको छ यदि सहमतिको पालना नभए यो भन्दा कडा संघर्षको कार्यक्रम दिन बाध्य हुने छौं ।’
माओवादीले ८ गते गिरप्तार परेक नेताकार्यकर्ताको रिहाका माग सहित श्रावण ९ गते संघर्षका कार्यक्रम घोषणा गरेको थियो सोहि क्रममा प्रशासनले श्रावण ११ गते बेलुकी मशाल जुलुशमा थप कार्यकर्ता गिरप्तार गरिएको गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु