माओवादीद्वारा ऊर्जा सचिवको घर कब्जा

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं, ८ वैशाख । नेकपा माओवादीका कार्यकर्ताहरुले काठमाडौंको कलंकीस्थित उर्जा मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीको घरमा कालो झण्डा गाडेका छन् । सयौको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले क्षेत्रीको घरमा दिउँसाे १२ बजेर २० मिनेटमा झन्डा गाडेका हुन् । जनवादी क्रान्ति गर्ने बाटो अवलम्बन गर्ने निर्णय गरे लगत्तै माओवादीले राजधानीमा एक महिना यता गरेको यो दोस्रो घर कब्जाकाे ‘कारबाही’ हो ।यसअघि उनीहरुले लगानी बोर्डका निर्देशक रमेश पन्तको बाँसवारीस्थित घरमा पार्टीको झन्डा गाडेका थिए ।
अपर कर्णाली तथा ६ सय मेगावाटको माथिल्लो मर्स्याङदी विदेशीलाई बेचेको आरोपमा उनीहरुले ऊर्जासचिवको घर कब्जा गरेको जनाएका छन् । घर कब्जा गरेलगत्तै माओवादीका नेता कार्यकर्ताहरुले सात मिनेटसम्म नारावाजी गर्दै घर कब्जा गर्नुको औचित्यबारे पर्चा छरेका थिए । माओवादीद्धारा वितरित पर्चामा राष्ट्रघाती कदम लिन सघाउने क्षेत्रीको घर कब्जा अभियान पन्तको घर कब्जा अभियानकै निरन्तरता भएको उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु