माओवादीको उद्दार तथा पुनर्निर्माण अभियान जारी

२०७२ जेष्ठ ८ गते, शुक्रबार

काठमाडौँ । नेकपा माओवादीले बिहीबारबाट सुरु गरेको भूकम्पबाट प्रभावितहरुको उद्दार तथा राहत वितरण र पुनर्निर्माण अभियानलाई जारी राखेको छ।माओवादी महासचिब “विप्लव’ले सुक्रवार दोलखाको भिमेस्वर नगरपालिका ९ स्थीत बिष्णु टोलका मैया बस्नेतको भत्किएको घर निर्माण सुरु गर्दै पुनर्निर्माण अभियानको थालनी गरेका छन्। आजै माओवादीले दोलखामा २० ओटा घरमा भत्किएर च्यापिएको समान निकालेको छ भने २ ओटा अस्थायी घर निर्माण गरेको छ।
त्यस्तै माओवादीले चामल लगायत अति आबस्यक बन्दोबस्तीको राहत सामग्रीस्थानीय राहत बितरण समिति लाई हस्तान्तरण गरेको छ।यस पछी विप्लव आफै रहेको अभियान टोली सिन्धुली जाने माओवादीले जानकारी दिएको छ अभियान टीममा माओवादी पोलिटब्युरो सदस्य असारे काका, ताम्सालिङ राज्यका इन्चार्ज चिरन पुन तामाङ्ग मुक्ति मुर्चाका केन्द्रिय संयोजक मणिक लामा लगायतका नेताहरु रहेका छन। उद्दार तथा पुनर्निर्माण अभियानमा चितवन र मकवानपुरका २२ जना युवाहरु सहभागी रहेका छन् ।
यस्तै माओवादीको उक्त कामबाट त्यहाका भुकुम्प पिडितका साथै जिल्ला स्थीत स्थानीय राजनीतिक पार्टी र बिभिन्न सरकारी गैर सरकारी निकायका अधिकारीहरुले आफुहरु खुसी भएको धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु