माअोवादीद्वारा भारतीय दुतावासको गाडीमा आगजनी

२०७२ मंसिर १२ गते, शनिबार

काठमाडौं, १२ मंसिर । नेकपा माअोवादीका कार्यकर्ताले काठमाडौंको लाजिम्पाट स्थित भारतीय दूतावासको गाडीमा आगजनी गरेका छन । माअोवादीका कार्यकर्ताले आज बिहान २२ सीडी १७ नम्बरको गाडीमा आगो लगाएका हुन् । अागजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटाइएको छ ।
प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ । केहीबेरमा आगो नियन्त्रणमा लिएकाले गाडीमा खासै क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर, माओवादीले भने भारतीय दूतावासको गाडीमा आफूहरुले आगजनी गरेको दाबी गरेको छ । भारतले लगाएको नाकाबन्दीको बिरोधमा आइतबार बन्द आह्वान गरेको माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु