माअाेवादीद्वारा नेता-कार्यकर्ता रिहाईकाे माग गर्दै प्रदर्शन

२०७२ श्रावण १० गते, आईतवार

काठमाडाैँ, १० साउन । नेकपा माअाेवादीले नेपाल बन्दको क्रममा गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता नछाेडेकाे भन्दै अाज देशभर प्रदर्शन गरेकाे छ । साउन ८ गते पार्टीले अाह्वान गरेकाे बन्दकाे क्रममा पाेलिट्व्यूराे सदस्य तिलक परियारसहित देशभरबाट ३ सय भन्दाबढि नेता-कार्यकर्ता प्रहरीले गिरफ्तार गरेकाे थियाे । उनीहरूलाइँ नछाेडेपछि नेकपा माअाेवादीले फेरि संघर्षका कार्यक्रम गर्ने भएकाे छ । शनिबार साझसम्मकाे अल्टिमेटम दिएकाे माअाेवादीले अाइतबारबाट दाेस्राे चरणकाे संघर्षका कार्यक्रम घाेषणा गरेकाे थियाे । जसअनुसार अाइतबार देशभर काेणसभा, समबार साँझ मसाल जुलुस, मंगलबार विहान एक घण्टा चक्का चामकाे कार्यक्रम घाेषणा गरेकाे थियाे ।
उक्त कार्यक्रम अनुसार काठमाडाैँकाे काेटेश्वर र महाजगंज, भक्तपुरकाे सूर्यविनायक र ललितपुरकाे साथै देशभर एकसाथ काेणसभा गरेर अाफ्ना गिरफ्तार नेता कार्यकर्ता छाेड्न अाग्रह गरेकाे छ ।
काेटेश्वरमा केन्द्रीय सदस्य दिपक चलाउने, महाराजगंजमा माइला लामा, सूर्यविनायकमा भक्तपुर सेक्रेटरी तिलक मल्ल ‘क्षितिज’ मल्ल र ललितपुरमा सेक्रेटरी नारायण महर्जनले सम्बाेधन गरेका थिए । कार्यक्रमलाइँ सम्बाेधन गर्दै चलाउनेले अाफ्ना नेता कार्यकर्तालाइँ नछाेडे कडा संघर्षमा जाने बताए । भक्तपुरकाे कार्यक्रमलाइँ सम्बाेधन गर्दै मल्लले भने, ‘हाम्रा नेता कार्यकर्तालाइँ झुट्टा मुद्धमा फसाउन खाेजिएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु