मनाङेलाई गिरफ्तार गर्ने तयारी

२०७४ माघ ७ गते, आईतवार

काठमाडौं , ७ माघ । चर्चित गुण्डा नाइके तथा हाल मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दिपक मनाङेलाई सथप समारोहमा भाग लिन जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको छ । मनाङेलाई आज पोखरामा हुन लागेको ४ नम्बर प्रदेश सभा सदस्यको सपथ समारोहमा सहभागी हुन पत्र पठाएको हो ।
हाल मनाङेलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजि गरिरहेको र उनी फारार सूचीमा छन् । मनाङे सपथ समारोहमा सहभागी भएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको छ । ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्च अदातलले सदर गरेपछि शपथ लिएर संसदमा पस्ने बेला मनाङेले ५ वर्ष जेल सजाय भोग्नुपर्ने अवस्था आएको छ ।
सर्वोच्चको आदेशसँगै सपथ नै नलिई मनाङेको पद स्वतः निलम्बनमा परिसकेको छ । तर निर्वाचन आयोगले यसबारे निर्णय नगरेकाले अरु सांसदलाई जस्तै उनलाई पनि शपथमा भाग लिन पत्र पठाइएको हो । तर मनाङे सपथ समारोहमा सहभागी नहुने बताइएको छ । मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।
सर्वोच्चले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलसहितलाई दीपक मनाङेको समूहले खुकुरी प्रहार गरेको घटनामा यस्तो फैसला गरेको हो । चक्रे मिलनसहितलाई बागबजारमा खुकुरी हानेको घटनामा प्रहरीले मनाङेसहितविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाएको थियो । संविधानमा नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने व्यवस्था छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु