भ्रष्टाचारीहरुकाे पुत्लामा कालाेमाेसाे

२०७६ भाद्र २७ गते, शुक्रबार

काठमाडाैँ, २६ भदाै । नेपाल कम्युनिस्ट पार्टीले देशका बिभिन्न ठाउँमा भ्रष्टाचारीहरुकाे पुत्लामा कालाेमाेसाे दलेको छ । सर्वोच्च अदालतका केही न्यायाधीशहरुले एनसेलको कर तिर्ने फैसला उल्टाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा भ्रष्टाचारीहरुकाे पुत्ला बनाई कालाेमाेसाे दलेकाे छ । भ्रष्टाचारीहरुकाे पुत्लामा कालाेमाेसाे दल्ने केन्द्रीय कार्यक्रम साेही कार्यक्रम गरिएको नेपाल कम्युनिस्ट पार्टी दाङले जनाएको छ । आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसलालाई न्यायाधीशहरु तेज बहादुर केसी, पुरुषत्तम भण्डारी, डम्बर शाही, सुष्मा लत्ता माथेमा, मनाेज कुमार शर्माकाे इजलासले उल्टाएका हुन् । नेपाल कम्युनिस्ट पार्टीले एक्जियटा कम्पनीद्वारा संचालित बहुराष्ट्रिय सेवाप्रदायक संस्था एनसेललाई घोषित कारबाहीको चेतावनी गर्ने समेत जनाएको छ । ने.क.पा.ले ७५ अर्व कर छलेर एनसेलले नेपाललाई ठगिरहेको र एनसेलले देशलाई कंगाल बनाएको भन्दै यसलाई नेपालबाटै खारेज गर्न चेतावनी समेत दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु