भुकम्प पीडितलाई सघाउन माओवादी सेती महाकालीको टोली

२०७२ जेष्ठ ७ गते, बिहीबार

काठमाडौं । नेकपा माओबादी सेती महाकाली ब्युरोले भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि टोलि पठाएको छ । ब्युरोले भूकम्प पीडित प्रभावित जिल्ला लमजुङ र तनहुमा बुधबार केन्द्रिय सदस्य देबिदत्त पाण्डेको नेतृत्वमा एक टोली पठाएको हो । सेति महाकाली ब्युरो ईन्चार्ज ओमप्रकाश पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा देशले ठुलो बिपत्तिको सामना गर्नु परेकाले यस क्षेत्रबाट पनि भूकम्प प्रभाबित जिल्लामा सहयोगका लागी टोली पठाउने निर्णय गरिएको बताए ।
बुधबार गएको टोलिमा १० जना भन्दा बढी रहेको बताउँदै ईन्चार्ज पुनले टोलीले पार्टीको पहिचान खुल्ने ड्रेस सहित तनहु र लम्जुङमा पुर्ननिर्माणको काम गर्ने जानकारी दिए ।
यसैगरी केही दिन पछि केन्द्रिय सदस्य रामप्रसाद तिमिल्सेनाको नेतृत्वमा कम्तिमा १५ जना रहेको दोस्रो टिम काभ्रेपलान्चोक जाने र त्यसपछि ब्युरो ईन्चार्ज ओमप्रकाश पुनको नेतृत्वमा अर्को टोली सिन्धुपाल्चोक जाने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । तिन वटै टिमले प्रभावित जिल्लामा गई त्यहाँका स्थानिय संग सहकार्य गरि पुर्ननिर्माणको कार्य गर्ने ब्युरो ईन्चार्ज पुनले जानकारी दिए ।
यस बिषयमा नेकपा माओबादी सेति महाकाली ब्युरोका ईन्चार्ज ओम प्रकाश पुनले जारे गरेको प्रेस बिज्ञाप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ –
“हाम्रो महान तथा गौरबशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओबादी सेति–महाकाली ब्युरोको दोश्रो बिस्तारित बैठक यहि जेष्ठ ३ र ४ गते पार्टी पोलिट ब्युरो सदस्य तथा ब्युरो ईन्चार्ज कमरेड ओम प्रकाश पुनको अध्यक्षतामा बसि गरेका महत्वपूर्ण निर्णयहरु सार्बजनिक जानकारीको लागि यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) बैठकले सर्व प्रथम जनक्रान्तिका ज्ञात अज्ञात शहिदहरु, बैशाख १२ र २९ गते दिउँसो गएको महाभुकम्पमा परि ज्यान गुमाउने हजारै नेपाली जनता र बैशाख ३१ गते निधन हुनु भएकी हाम्रो पार्टीको पोलिट ब्युरो सदस्य कमरेड पवन की जीवन संगि कमरेड गजु माया आले प्रति भावपूर्ण श्रद्धानजली अर्पण गर्यो । साथै पिडित परिवार जनप्रति गहिरो समवेदना र उद्दारको क्रममा घाईते हुनु भएका हाम्रो पार्टीका रामेछाप जिल्ला सचिब क.इन्द्र श्रेष्ट लगाएत सम्पूर्ण घाईतेहरुको शिघ्र श्वास्थ्य लाभको कामना गर्यो ।
२) पार्टी केन्द्रले भुकम्पीय विध्वंश र विपत्तिबाट जनतालाई सहयोग गर्न देशका १७ वटा जिल्लामा पुनःयहि जेष्ट ७ गते देखि भुकम्पीय ध्वंसलाई निमार्णमा बदलौं ! विपत्तिलाई सम्मृद्धिको आधार बनाऔं !!, सहयोगलाई ध्यान दिउ ! आत्मनिर्भरतामा जोड दिउ !! भन्ने नारा सहित “ उद्धार तथा राहात अभियान ” संचालन गर्ने निर्णय गरे बमोजिम यस ब्युरो बाट पनि तिन वटा टोली पठाउँने निर्णय गरिएको छ ।
३) जस अन्तरगत पहिलो चरणमा केन्द्रिय कमरेड देबि दत्त पाण्डेको नेतृत्वमा पहिलो टिम तनहु र लम्जुङ्गमा आज जाँदै छ । दाश्रो टिम क.राप्तिको नेतृत्वमा काभ्रे पलाञ्चोकमा यहि १७ गते देखि जाँदै छ भने तेश्रो टिम पोलिट ब्युरो सदस्य क.ओम प्रकाश पुनको नेतृत्वमा त्यस लगत्तै सिन्धुपाल्चोकमा जाँदै छ । यस टिममा न्युनतम १५ र अधिकतम जति पनि सदस्य हुने छन् भने कार्य बिभाजनमा १०÷१० जनाको सेटमा परिचालन गरिने छ ।
४) यस अभियानमा पार्टीको सम्पूर्ण संयन्त्र परिचालन गर्ने र डेढ महिनामा कम्तिमा पनि ३००० जनशक्ति परिचालन गरिने छ । यसमा पार्टीका तर्फबाट भुकम्पले ध्वंस्त भएका गाउँ वस्तीलाई सुरक्षित ठाउँमा पुर्नबास, सुरक्षित र बैज्ञानिक बस्ती बिकाश र पुर्ननिर्माण गर्नमा जोड दिने निर्णय गरिएको छ ।
५) यसको साथै राहात र उद्दारकार्यलाई सर्बपक्षिय सहमतिमा अगाडि बढाउँनु पर्ने, विदेशी सैन्य उपस्थितिबारे राज्यको निति स्पष्ट हुनु पर्ने र एक महिना भित्र स्वदेश फिर्ता पठाउँनु पर्ने र विदेशी दक्ष प्राबिधिकहरुलाई सर्वपक्षिय सहमतिका आधारमा प्रभाबित क्षेत्रमा परिचालन गर्नु पर्ने लगाएतको पार्टीको केन्द्रिय नितिलाई लागु गराउँन जोड दिने निर्णय गरिएको छ ।
६) सेम ब्युरोमा पार्टी कामलाई ब्यबस्थित गर्न कंचनपुरको जिल्ला सचिबमा क.पुकार, बैतडीको जिल्ला सचिबमा क.अग्नि, अछामको जिल्ला सचिबमा क.दर्शन र बाजुराको जिल्ला सचिबमा क.एण्डिजलाई जिम्मेवारी प्रदान गरिएको छ भने त्यहाँ हाल सम्म क्रियाशिल सचिबहरुलाई अन्य बिभागिय जिम्मेवारीमा तानिएको छ । साथै कैलाली कंचनपुर सहितको सेति महाकाली ब्युरो बने पछि जनबर्गिय संगठन र मोर्चामा पनि हेरफेर गरि महिलाको ब्युरो संयोजकमा क.सरिता, युवाकोमा क.प्रकाश, दलित मोर्चाकोमा क.निरज, मजदुरकोमा क.अनुकुल र शिक्षकमा क.हरि सिंह जोशीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
७) पार्टीले अगाडि सारेका बर्ग संघर्षका कार्यत्रमलाइ निरन्तर गाडी बडाउने निर्णय ब्युरोले गरेको छ ।
अन्तमा राष्ट्रिय बिपत्तिको यस दःुखत अबस्थामा हाम्रो पार्टीले लिएको पुर्ननिर्माण अभियानलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध सहित !”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु