भारतीय नाकाबन्दीविरुद्ध जापानमा प्रदर्शन

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौं । भारतको अघोषित नाकाबन्दीविरुद्ध गैरआवासीय नेपालीहरु एक भएर विरोध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा अघोषित नाकाबन्दी तत्काल निःशर्त हटाउन माग गर्दै जापानस्थित भारतीय दूतावासमार्फत् भारत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । नाकाबन्दीको विरोध गर्दै जापानबासी नेपालीहरुले विहीवार बिहान टोकियोस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका हुन् । जापानमा रहेका ५० भन्दा बढी संस्थाहरुको नेतृत्व गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका उपाध्यक्ष भवन भट्टको संयोजनमा जापानबासी नेपालीहरुको बृहत् टोलीले दूतावासमा विरोधपत्र बुझाएको जानकारी गराइएको छ । सो क्रममा त्यहाँको भारतीय दूतावास अगाडि सयौंको संख्यामा नेपाली उपस्थित थिए ।

प्रतिक्रियाहरु