भारतले पाकिस्तानी दूतावासमा कार्यरत आधा कर्मचारीलाई देश निकाला गर्ने !

२०७७ असार १० गते, बुधबार

काठमाडौँ , १० असार । भारतले दिल्लीस्थित पाकिस्तानी दुतावासमा कार्यरत आधा कर्मचारीहरुलाई जासुसी तथा आतकंवादीहरुसँगको सम्बन्धमा जोडिएको आरोप लगाउँदै भारतले देश निकालाको तयारी गरेको बताइएको छ । भारतले पाकिस्तानको इस्लामावादस्थित भारतीय दुतवासमा कार्यरत कर्मचारीको संख्या पनि आधा कटौती गर्ने जानकारी भारतीय विदेश मन्त्रालयले दिएको छ । भारतको एकतर्फी निर्णयको पाकिस्तानी अधिकारीहरुबाट अहिलेसम्म कुनै आधिकारीक प्रतिक्रिया आएको छैन ।
भारतले तीन हप्ता अगाडि दुई जना पाकिस्तानी कुटनीतिज्ञलाई देश निकाला गरेपछि दुई देशबिचको सम्बन्ध फेरी चिसिएको छ । जवाफमा पाकिस्तानले पनि इस्लाबादस्थित भारतीय दुतावासमा काम गर्ने दुई जना कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यो घटनालाई भारतले आफ्ना कर्मचारी इस्लाबादको सडकबाट अपहरणमा परेको भनेर प्रचार ग-यो । तर उनीहरुले पैदलयात्रीलाई ठक्कर दिएकोले सडक दुर्घटनाको कानुन अनुसार सोधपुछ गरिएको पाकिस्तानको दावी थियो ।
दक्षिण एशियाका आणविक शक्ति सम्पन्न मुलुकहरु भारत र पाकिस्तानबिचको सदावहार विवादले क्षेत्रीय शान्ति, सुरक्षा र सम्बन्धमा नकारात्मक प्रभावहरु पारिरहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु