भारतले थाल्यो नाकाबन्दी

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौं , ५ असोज । भारतले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द गराएको छ । भारतले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ। नेपालमा संविधान निर्माण भएपछि नेपाली भू-भागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भारतले सिमा नाका बन्द गराएको हो। भारतले पट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्करलाई नेपाल प्रवेश गर्न रोकेको छ । भन्सार जाँचपास नगरी ट्याङ्करहरुलाई भारतमा नै रोकिएको हो । रक्सौलबाट तेल भरेर भन्सार आईपुगेका तेल ट्याङ्करहरुलाई छुटाउन अवरोध गरेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु