भँगेराकाे चीत्कार – पदम राई

२०७३ जेष्ठ ३२ गते, मंगलवार

गुहा….र ! गुहा….र….!! ब…चा…उ ! ब…चा…उ !! याे चीत्कार याे भँगेराकाे बच्चाकाे हाे । दिनभरिकाे कामकाे चटाराेले थाकेर म ईटहरीकाे कुनै घरमा एक ग्लास पानी पिएर दिनभरिकाे काम सम्झँदै टाेलाईरहेकाे थिएँ । त्यसै बखत एउटा भँगेराकाे बच्चा उडेर हाेईन पखेटा फिरिरि फिरिरि पार्दै अत्तालिँदै दाैडेर अायाे र मेराे काखमा हतार हतार चढेर छिटाे छिटाे श्वास फेर्दै नचलिकन कुचुक्क परेर बस्याे ।
मैले बच्चालाई हातमा लिएँर हेरेँ । उसकाे पखेटा काटिएकाे रहेछ । बच्चाले मलाई सारै टिठ लाग्दाे र हतासिएकाे भावमा बचाउ ! बचाउ !! भन्दै सहारा माग्याे । मैले पनि अत्तालिँदै बच्चालाई साेधेँ । अनि बच्चाले मलाई अाफ्नाे ठानेर बेदनायुक्त वास्तविक जीवन कथा यसरी सुनायाे ।
एक दिनकाे कुरा हाे । म मेरी अामा र बाबाले बनाएकाे हाम्राे गुँडकाे डिलमा निस्किएर उडेर संसार हेर्ने मिठाे कल्पना गर्दै उड्ने अभ्यास गर्दै थिएँ । मेरा अामा- बाबा मैले मेराे पखेटा फिरिरि फिरिरि पार्दै उड्ने अभ्यास गरेकाे देखेर बढाे खुशि र उमंगकासाथ मलाई हाेस्टेमा हैँसे गर्दै बढाे उत्सुक्ता पूर्वक मुस्कुराई रहनु भएकाे थियाे ।
मैले अामा- बाबालाई “अाज तपाईहरू साह्रै खुशी देखिनु हुन्छ किन हाेला ? भनी जिज्ञाशा राखेँ । मेरी अामाले मलाई भन्नु भयाे – बाबू तेराे बाबा र मेराे लागि अाजकाे क्षण भनेकाे हाम्राे जिन्दगिकाे अथाह तिता मिठा जीवन भाेगाईका अनुभव बीचकाे पहिलाे खुशिकाे क्षण हाे याे । यस्ताे खुशि पहिले कहिलै अाएकाे थिएन । अामाकाे कुरा सुनेर दंग पर्दै फेरि साेधेँ । किन र अामा ? अामाले कथा सुनाउन थाल्नु भयाे । छाेरा ! याे तिमी हुर्किएकाे घर तिम्राे बाबा र मैले बनाएका हाैँ । याे घर एकै पटकमा बनेकाे हाेईन । धेरै ठाऊँमा बनायाैं तर कतै कागले, कतै रुप्पिले त कतै त मान्छेले नै हाम्राे घर भत्काई दिए । हामी गलेर थाकेर निराश नै भइसकेका थियाैँ । अब कहाँ जाने के गर्ने हाेला भनेर हामी अनिर्णयकाे बन्दी बनेका थियाै । म तिम्राे बाबाकाे छेउमा बसेर राेईरहेकाे थिएँ । बाबाले मलाई फकाउँदै अन्तिम काेशिस गराैं । रुनु हुन्न भन्नुभयाे । अनि बाबाकाे सल्लाह अनुसार फेरि अन्तिम काेशिस गर्याैं । तिमिलाई याे गुँडमा हुर्काउन पनि साह्रै कठिन भयाे । दिनभरि डुलेर बल्ल बल्ल भेटाएकाे चाराे मुखमा च्यापेर गुँड छेउ पुगेपनि दायाँबायाँ नहेरि गुँडमा पस्दा दुश्मनले थाहा पायाे भने तिम्राे ज्यान लिन्थ्याे । ढिला गराैँ भने तिमिलाई कति भाेक लाग्थ्याे हाेला ! यसरी खतरै खतराकाे भुमरीबाट हामिले तिमिलाई हाम्राे शुसिकाे रुपमा देख्न पाएका छाैँ । अाज तिमी उड्ने अभ्यास गर्दैछाै । बाबू तिमी उड्ने भएपछि हामी तीन जना संगसंगै उडाैँला । रमाउँला । संगै बाँचाैँला ।
अामाले अझै कुरा थप्दै हुनुहुन्थ्याे । त्यसै बेला कतैबाट हानेकाे मट्याङ्ग्रा रुई…….यँ गर्दै अाएर हाम्राे गूँडमा लाग्याे । त्यस पछि के भयाे केही थाहा पाईन । म बेहाेस भएछु । पछि हाेस खुल्दा त मलाई सानाे पिँजडामा थुनिएकाे रहेछु । मलाई उड्न मन लाग्याे । पखेटा फिरिरि पारेकाे त मेराे पखेटाकाे प्वाँख पनि ठुटै पारेर काटिदिएकाे रहेछ । मेराे बाबा- अामा कहाँ , कता कुन हालतमा हुनुहुन्छ हाेला ! मैले मेराे बाबा- अामालाई फेरि भेट्छु कि भेट्दिन हाेला !! म उडेकाे हेर्ने मेराे बाबा अामाकाे सपना पनि के हुन्छ हाेला ?
भँगेराकाे बच्चाकाे सत्य र तिताे कथा सुनेर मेराे अाँखाभरि अाँशुकाे पाेखरि भरिएर छचल्किएर गाला हुँदै झरना बनेर बग्याे । बच्चाकाे बेदनाकाे लप्काले मलाई पनि बसरी लपेट्याे ।
म विवस छु । मेराे साथमा जीवनकाे भिक्षा मागिरहेकाे भँगेराकाे निर्दाेष बच्चा छ । उ राेईरहेकाे छ । बाबा ! अामा… ! भन्दै चिच्याई रहेकाे छ । म उसकाे बेदना सुन्न बाहेक खै के नै गर्न सक्छु । मैले अब कसरी बचाउने उसलाई ? कसरी भेटाईदिने उसकाे बाबा- अामासंग ? मेराे अाफ्ने स्थाई बाँस छैन । उफ्……..! मेराे बिन्ति ! अब उप्रान्त कसैले र कसैकाे छाेराछाेरिले अरुकाे जिनदगिलाई यसरी चकनाचर नपारिदिनु हाेला ! बिन्ती … !

प्रतिक्रियाहरु