‘बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिए’

२०७५ बैशाख २ गते, आईतवार

काठमाडौं, २ बैशाख । नाईजेरियामा बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिइसकेको खुलेको छ । बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् । अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो ।
चार बर्षअघि २७६ जना स्कुले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले भने बालिका मारिनुपर्ने कुनै कारण नभएको जनाएको छ । साल्किदालाई नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनले स्कुले बालिका अपहरणमा परेपछि कब्जामुक्त प्रयासका लागि आग्रह गरेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु